२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम भट्टराईको गृह प्रदेशको स्थानीय तह नेतृत्वमा जसपा शून्य

२०७९, ८ जेष्ठ आईतवार ११:१३

जेठ ८, काठमाडौँ | पूर्वप्रधानमन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको गृह प्रदेश गण्डकीमा उनको पार्टी शून्य भएको छ ।

११ जिल्लाको कुनै पनि स्थानीय तहको नेतृत्वमा जसपाका उम्मेदवारहरू निर्वाचित भएनन् । अध्यक्ष भट्टराई आफैं गृहजिल्ला गोरखामा भने पार्टीको तर्फबाट चुनावी ‘कमान्डर’ भएर खटिएका थिए । 

२८ वैशाखअघि उनले ट्‍वीटरमार्फत मतदाताका घरदैलोमा जाँदा पार्टीप्रति जनलहर आएको लेखिरहन्थे । 

गठबन्धन दलहरूबीच तालमेलबारे भएको निर्णयविपरीत एमालेसँग गोरखालगायत जिल्लामा तालमेल गरे पनि भट्टराईले आफ्नो जिल्लामा त कहाँ हो कहाँ सिङ्‍गाे प्रदेशमै पार्टीलाई शून्यमा पारे । 

गण्डकीका जिल्लाहरूमध्ये अधिक प्रभाव रहेको जिल्ला भनेर गोरखालाई लिइन्थ्यो । जहाँ ३० वैशाखमा भएको निर्वाचनबाट उनकै पूर्ववर्ती पार्टी नेकपा (माओवादी केन्द्र)ले ११ मध्ये ९ जिल्लामा निर्वाचन जित्यो ।

कांग्रेसले २ स्थानीय तह जित्दा एमालेसँग तालमेल गरेका उनका पार्टीको स्थानीय तह नेतृत्वमा अस्तित्व रहेन ।

भट्टराई मात्र होइन, पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठको गृह प्रदेश बाग्मतीमा पनि जसपा शून्य भएकाे छ। प्रदेशका १३ जिल्लामा एउटा पनि स्थानीय तह नेतृत्वमा उम्मेदवारलाई जिताउन श्रेष्ठ पनि अक्षम रहे । 

कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि जसपाको हालत उस्तै देखिएको छ ।  जसपाले मधेस प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेशमा मात्र निर्वाचन जितेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल