2026-06-19 10:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

११ मध्ये ९ उपमहानगरकाे चुनावी नजिता सार्वजनिक : कुन ठाउँमा कसको जित?

जेठ ८, काठमाडौँ | देशका ११ उपमहानगरपालिकामध्ये ९ उपमहानगरपालिकाका चुनावी नतिजा सार्वजनिक भइसकेका छन् । जनकपुर र तुल्सीपुरबाहेक अन्य सबै उपमहानगरपालिकाका चुनावी नतिजा सार्वजनिक भइसकेका छन् । चुनावी नतिजा सार्वजनिक भएका उपमहानगरपालिकाहरूमा इटहरी, कलैया, जीतपुरसिमरा, हेटाैँडा,  बुटवल, घाेराही, नेपालगञ्ज  धनगढी र धरान छन् ।

९ मध्ये ५ वटामा गठबन्धनकाे जित भएकाे छ भने २ वटा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले लिएकाे छ । यस्तै धनगढीमा र धरानमा स्वतन्त्र उम्मेदवार गाेपाल हमाल र हर्कराज राईले जितेका छन् । 

धनगढीमा गाेपाल हमालले गठबन्धन र एमाले दुवैलाई चुनाैती दिँदै जित निकालेका हुन् । गाेपालले गठबन्धनका उम्मेदवार नृपबहादुर वड भन्दा १२ हजार ४८ बढी मत ल्याए । गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका नृपबहादुर १४ हजार ८ सय १७ मतमै सीमित भए ।

त्यहाँ एमालेकाे तर्फबाट उम्मेदवार बनेका रणबहादुर चन्दकाे पक्षमा ४ हजार ९ सय १४ मात्रै मत देखियाे । यसपटक महानगरपालिका र उपमहानगरपालिकामा पाँच दलहरू (कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चा) गठबन्धनकै रूपमा हाेमिएका थिए । यसपछि गठबन्धनले ८ मध्ये ५ ठाउँमा जित निकाल्न सफल भएकाे हाे । अब चुनावी नतिजा सार्वजनिक हुन ३ वटा उपमहानगरपालिका छन् ।

एमालेले बाराकाे कलैया र दाङकाे घाेराही उपमहानगरपालिका हाे । कलैयामा एमालेका उम्मेदवार विनाेदप्रसाद साह निर्वाचित बनेका छन् । उनले २४ हजार १ सय ३९ मत बटुल्दै मेयरमा बाजी मारे । उनले सत्तारुढ गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता राजेशराय यादवलाई ५ हजार ५ सय ९९ मतले हराए । यादवकाे पक्षमा बल्लबल्ल १८ हजार ५ सय ४० मत मात्रै खस्याे ।

घाेराहीमा पनि एमालेकै नेरुलाल चाैधरी निर्वाचित भए । उनी ३१ हजार ७ सय २८ मतसहित मेयरमा निर्वाचित हुँदा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता हेमराज शर्मा पाेख्रेलले २६ हजार ३ सय ६८ मतै खुम्चिनुपर्‍याे । नेरुलाले हेमराजलाई ५ हजार ३ सय ६० मतले पछाडि पारे ।

यसबाहेक अन्य ५ उपमहानगरपालिकामा भने गठबन्धनले जित निकालेकाे छ ।

सुनसरीकाे इटहरी उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनले जितेकाे छ । त्यहाँ कांग्रेस नेता हेमकर्ण पाैडेल मेयरमा निर्वाचित भएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमाेर्चाकाे सहयाेगमा पाैडेलले ३३ हजार ४९ मत ल्याएर मेयरमा निर्वाचित भए । उनले एमालेका यामकुमार चुम्बाङलाई ५ हजार १८ मतले पछाडि पारे । त्यहाँ यामबहादुरकाे २८ हजार ३१ मत खस्याे ।

त्यहाँ राजेन्द्र लिङ्देन नेतृत्वकाे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार आकाशहाङ लिम्बुले ३ हजार ६ सय ४४ मत पाए ।

यस्तै धरान उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार हर्कराज राई निर्वाचित भएका छन् । उनले २० हजार ८२१  मत ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोर राईले १६ हजार ५९  मत प्राप्त गरे । त्यस्तै उममेयरमा माओवादी केन्द्रका अइन्द्र बिक्रम बेघा विजयी भए । उनले २० हजार ५१०  मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा  एमालेका पदम लिम्बूले १७६०६ मत पाए ।

उता बारकाे जीतपुरसिमरा उपमहानगरपालिकामा पनि गठबन्धनकाे तर्फबाट माओवादी केन्द्रका नेता राजन पाैडेल मेयरमा निर्वाचित भए । राजन १३ हजार ४ सय ८७ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार सरस्वतीदेवी चाैधरीले १२ हजार ५ सय ८० मत प्राप्त गरिन् । सरस्वतीदेवी राजनभन्दा ९ सय ७ मतले पछाडि परिन् ।

त्यहाँ महन्थ ठाकुर नेतृत्वकाे लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार सञ्जयकुमार साहले २ हजार ५ सय ५८ मत पाए ।

यस्तै हेटाैँडाकाे हेटाैँडा उपमहानगरपालिकामा पनि गठबन्धनले नै बाजी मारेकाे छ । त्यहाँ एकीकृत समाजवादीकी नेतृ मीनाकुमारी लामा निर्वाचित भइन् । उनकाे पक्षमा २३ हजार ७५ मतदाताले मतदान गरे भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पाैडेलले पनि २० हजार ९ सय ८ मत पुर्‍याए । अनन्तप्रसाद मीनाकुमारीभन्दा २ हजार १ ६७ मतले पछाडि परेका हुन् ।

त्यहाँ राप्रपा पनि एमालेकै दाँजाेमा दह्राे देखिएकाे छ । राप्रपाका तर्फबाट उम्मेदवारी दिएका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत बटुलेका छन् । याे भनेकाे एमालेका अनन्तप्रसादकाे भन्दा ३ सय ७७ मतमात्रै कम हाे ।

रुपन्देहीकाे बुटवल उपमहानगरपालिकामा पनि गठबन्धनकै जित भएकाे छ । त्यहाँ कांग्रेस नेता लेखराज पाण्डेय निर्वाचित भएका छन् । उनले ३० हजार १ सय ३० मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५ सय ९५ मत पाए । उनी लेखराजसँग ७ हजार ५ सय ३२ मतले पराजित भए ।

यस्तैगरी बाँकेकाे नेपालगञ्ज उपमहानगरपालिकामा कांग्रेस नेता प्रशान्त विष्ट निर्वाचित बने । उनी पनि गठबन्धनकै तर्फबाट निर्वाचित बनेका हुन् । उनले २३ हजार ४ सय ६० मत पाउँदा एमालेका उम्मेदवार पशुपति दयाल मिश्राले ११ हजार ६ सय ७५ मत प्राप्त गरेका छन् ।प्रशान्तकाे याे मत दयालकाे भन्दा ११ हजार ७ सय ८५ मतले बढी हाे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ