जेठ ९, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले अग्रता कायमै राखेका छन् | अहिलेसम्म काठमाडौं महानगरमा १ लाख २८ हजार ४ सय ८५ मत गणना गर्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ८ सय ५० मतसहित अग्रता फराकिलो बनाएका छन् । दोस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत ल्याउदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २५ हजार ५९ मत ल्याएका छन् । सिर्जना केशव भन्दा ८८५ मत अन्तरले अगाडि छिन् भने सिर्जनालाई बालेनले १७ हजार ९ सय ६ मत अन्तरले पछि पारेका छन् । केशवभन्दा बालेन १८ हजार ७ सय ९१ मत अन्तरले अगाडि छन् ।
काठमाडौं महानगरपालिकामा अब गन्न बाँकी मत ६२ हजार ४९९ छ । वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौंमा १ लाख ९० हजार ९८४ मत खसेको थियो ।