२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलो पटक देखापर्‍यो ‘अफ्रिकन स्वाइन फिभर’,एक हजार सुँगुर/बङ्गुर मरे

२०७९, ९ जेष्ठ सोमबार ०९:४५

जेठ ९, काठमाडौँ | नेपालमा पहिलोपटक देखिएको अफ्रिकन स्वाइन फिभरबाट १ हजार १९ वटा सुँगुर, बङ्गुर मेरका छन् । काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी तथा भक्तपुरको चन्द्रागिरि क्षेत्रमा फैलिएको संक्रमणका कारण सो संख्यामा सुँगुर र बङ्गुर मरेको पशु सेवा विभागले जनाएको छ । 


उक्त क्षेत्रमा पालिएका सुङ्गुर तथा बङ्गुरमा उच्च मृत्युदर देखिएपछि गत चैत अन्तिम साता नमूना संकलन गरी अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । 

सन् २०१८ मा चीनबाट सुरु भएको यो संक्रमण भारत, भुटानहुँदै नेपालमा पहिलोपटक देखा परेको हो । सुँगुर प्रजातीमा देखिने यो संक्रमण हुँदा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग रातो हुने, निलो धब्बा देखिने, बान्ता गर्ने, गर्भ तुहिने तथा एकै समूहमा रहेका सुँगुर तथा बङ्गुुरहरू मर्ने विभागले जनाएको छ । 

सुंगुर प्रजातीका लागि अति खतरनाक महामारीजन्य सरुवा रोग भए पनि अफ्रिकन स्वाइन फिभर मानिसमा भने नसर्ने विभागले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण