१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा पहिलो पटक देखापर्‍यो ‘अफ्रिकन स्वाइन फिभर’,एक हजार सुँगुर/बङ्गुर मरे

९ जेष्ठ २०७९, सोमबार ०९:४५

जेठ ९, काठमाडौँ | नेपालमा पहिलोपटक देखिएको अफ्रिकन स्वाइन फिभरबाट १ हजार १९ वटा सुँगुर, बङ्गुर मेरका छन् । काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरि, टोखा, दक्षिणकाली, ललितपुरको गोदावरी तथा भक्तपुरको चन्द्रागिरि क्षेत्रमा फैलिएको संक्रमणका कारण सो संख्यामा सुँगुर र बङ्गुर मरेको पशु सेवा विभागले जनाएको छ । 


उक्त क्षेत्रमा पालिएका सुङ्गुर तथा बङ्गुरमा उच्च मृत्युदर देखिएपछि गत चैत अन्तिम साता नमूना संकलन गरी अष्ट्रेलियाको रिफरेन्स प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको थियो । 

सन् २०१८ मा चीनबाट सुरु भएको यो संक्रमण भारत, भुटानहुँदै नेपालमा पहिलोपटक देखा परेको हो । सुँगुर प्रजातीमा देखिने यो संक्रमण हुँदा उच्च ज्वरो आउने, शरीरका विभिन्न भाग रातो हुने, निलो धब्बा देखिने, बान्ता गर्ने, गर्भ तुहिने तथा एकै समूहमा रहेका सुँगुर तथा बङ्गुुरहरू मर्ने विभागले जनाएको छ । 

सुंगुर प्रजातीका लागि अति खतरनाक महामारीजन्य सरुवा रोग भए पनि अफ्रिकन स्वाइन फिभर मानिसमा भने नसर्ने विभागले जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने