२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारका नेतृत्व गरेको कांग्रेसका प्रवक्ता भन्छन्– निर्वाचनमा एमालेले धाँधली गर्यो

२०७९, ९ जेष्ठ सोमबार १०:३०

जेठ ९, काठमाडौँ | सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा नेकपा एमालेले धाँधली गरेको आरोप लगाएका छन् । 

आज राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमालेले वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा धाँधली गरेको आरोप उनले लगाएका हुन् । 

‘एमालेले भन्दै आएको धाँधली भयो, सरकारले हस्तक्षेप गर्यो, सरकारले प्रभाव पार्यो भन्ने कुरामा सत्यता छैन,’ प्रवक्ता महतले भने, ‘वरु बाजुराको बुढिगंगा नगरपालिकामा व्यापक धाँधली भयो । नगरपालिकाको २, ३, ५, ९ नम्बर वडामा बुथ कब्जा गरियो । सुरक्षा निकाय पनि पस्न नसक्ने बनाइयो । यो कब्जा एमालेको नेताहरुको नेतृत्वमा भयो ।’  

निर्वाचनमा धाँधली गरेर मतपेटिका समेत एमालेका नेताहरु आफैले बोकेर जिल्ला पुर्याएको उनले जनाए । यसलाई नेपाली कांग्रेसले स्वीकार नगर्ने उनले बताए । 

‘निर्वाचन आयोगलाई तत्काल कुनै पनि प्रभावमा नपरी चार वटा वाडमा पुन निर्वाचन गराउन माग गर्दछौं,’ प्रवक्ता महतले भने । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै