१५ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अन्तरघात नभएको भए कांग्रेसले चार सयभन्दा बढी पालिका जित्थ्योः डा. प्रकाशशरण महत

९ जेष्ठ २०७९, सोमबार ११:१२

जेठ ९, काठमाडौँ | नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस भित्र अन्तरघात नभएको भए अझै बढी पालिकाको नतिजा कांग्रेसको पक्षमा आउने बताएका छन् । 

आज राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले अन्तरघातका कारण कांग्रेसले केही पालिका गुमाउनु परेको जनाए । 

‘हाम्रो पार्टीमा अहिले पनि अन्तरघातको समस्या समाप्त भएको छैन । यदि हाम्रो पार्टीमा अन्तरघात नभइदिएको भए यति मात्र होइन ४०० को नजिक जित संख्या पुयाउँथ्यौ भन्ने हाम्रो अनुमान छ,’ उनले भने । 

पत्रकार सम्मेलनमा उनी बोलिरहँदा देशका ७५३ वटा पालिकामध्ये ३२१ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका थिए । 

‘सबै पालिकाको नतिजा आएपछि पार्टीले बैठक बसी समिक्षा गर्ला । यद्यपी नतिजा सकारात्मक छ, सन्तुष्टीजनक छ,’ प्रवक्ता महतले भने ।  

निर्वाचनको परिणामले गठबन्धनमा रहेका दलहरुबीच विश्वासको आधार मजबुत बनाएको दाबी समेत उनले गरे । गबन्धन नगरी एक्लै लडेका स्थानमा पनि कांग्रेसले व्यापक सफलता प्राप्त गरेको उनले जनाए । 

‘नगरपालिकाहरुमा झण्डै ५० प्रतिशत हाराहारीमा कांग्रेसले जित हासिल गरेको छ । मतदाता, जनसंख्यालाई आधार मान्ने हो भने आधा ठाउँमा जित हासील गरेका छौं भन्न सक्छौं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खेललगत्तै काठमाडौं महानगरले खेलाडीलाई दियो २५ लाख, बालेन र सुनिताद्वारा चेक प्रदान सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने प्रहरीको कुकुर पूजा (फोटो फिचर) यम पंचकका पाँच दिन: यस्तो छ महत्व र पूजा विधि भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा साफ च्याम्पियनसिपमा हारपछि महिला फुटबल टिमका मुख्य प्रशिक्षक तामाङद्वारा राजीनामा घोषणा अन्तरिम प्रशिक्षकको सफल सुरुआत, म्याचेस्टर युनाइटेड क्वार्टरफाइनलमा पूर्वी स्पेनमा वर्षाका कारण आएको भीषण बाढीबाट ९५ जनाको मृत्यु महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै रवि लामिछानेलाई थप गरिएको म्याद सकिए पनि तिहार हिरासतमै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा आज देशभरको मौसम सामान्यतः सफा रहने पूर्वानुमान साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक प्रधानमन्त्री ओली र ‘प्रकाण्ड’बीच भेटवार्ता