१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले र एमालेले कति जिते ?

१० जेष्ठ २०७९, मंगलवार ०६:५९

जेठ १०, काठमाडौं | नेपाली कांग्रेसले गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा हालसम्म ३२२ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । 

मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये कांग्रेसले ३२२ मा जित निकालेको हो । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन गरेको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ भने दुई वटा पालिकाको केही केन्द्रमा मतदान हुन बाँकी रहेको छ । 

स्थानीय निर्वाचनमा कांग्रेसले सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष हात पारेको छ । मतगणना भइरहेका ११ पालिकामध्ये ४ वटामा कांग्रेसका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

त्यस्तै नेकपा एमालेले दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

दुई सयभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने एमाले दोस्रो दल बनेको छ । नेपाली कांग्रेसले ३२२ पालिका प्रमुख तथा अध्यक्ष जितेको छ । 

निर्वाचन आयोगले हालसम्म मतगणना सकेको ७४० पालिकामध्ये २०२ वटाको अध्यक्ष तथा प्रमुख जित्न एमाले सफल भएको हो । 

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी पालिका प्रमुख तथा अध्यक्ष जित्ने कांग्रेसपछि एमाले दोस्रो ठूलो दल बनेको छ । 

वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन भएको थियो । हाल ११ पालिकामा मतगणना जारी रहेको छ, जसमध्ये तीनवटामा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।

र नेकपा (माओवादी केन्द्र)ले हालसम्म १२१ वटा पालिका प्रमुख तथा अध्यक्ष पद जितेको छ । 

मतगणना सम्पन्न भएका ७४० पालिकामध्ये १२१ वटाको प्रमुख तथा अध्यक्षमा माओवादीका उम्मेदवार विजयी बनेका हुन् । 

निर्वाचन आयोगले गत वैशाख ३० गते एकसाथ देशका सबै ७५३ वटै स्थानीय तहमा निर्वाचन गरेको थियो । 

मतगणना सम्पन्न भएको पालिकाहरुमा नेपाली कांग्रेस र नेकपा एमालेपछि माओवादीले धेरै पालिकामा विजय प्राप्त गरेको छ । आयोगका अनुसार हालसम्म कांग्रेसले ३२२ र एमालेले २०२ पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । 

अहिले ११ वटा पालिकामा मतगणना जारी रहेको छ । तीमध्ये एक स्थानमा माओवादीको उम्मेदवारको अग्रता रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार