२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव बेचबिखनका आरोपी उम्काउन प्रहरीकै संलग्नता, सीमा सिल हुँदा बेचिनबाट बचिन किशोरी

२०७९, १० जेष्ठ मंगलवार ०८:४९

जेठ १०, लमजुङ | लमजुङमा एक १६ वर्षीया किशोरी बेचिनबाट जोगिएकी छन् । स्थानीय तह निर्वाचनको बेलामा तीन दिनसम्म गरिएको भारतीय सीमानाका शीलका कारणले उनी बेचिनबाट बचेकी हुन् । तर, यो घटनामा पीडकलाई उन्मुक्ति दिन प्रहरीले भूमिका खेलेको पीडितको गुनासो छ । 

विगत १३ वर्षदेखि लमजुङमा ढुंगा, बालुवा, गिट्टीको काम गरी बसेका परिवारहरूकी सदस्य हुन्, पीडित किशोरी । उनी धादिङको तत्कालीन लापा गाविस– २ का स्थायी बासिन्दा हुन् ।

उनीहरू बेसीसहर नगरपालिका– १ को ठूलो धिमिरे गाउँमा काम गर्दै आएका थिए । सोही गाउँकी विष्णुमाया लोहनीले ती किशारीलाई ललाईफकाई गरी माइक्रोबसको सहचालकलाई जिम्मा लगाई गत २७ वैशाखको बिहान ७ बजे काठमाडौं पठाएकी रहिछन् । 

‘राम्रो केटा छ, उसँग विवाह गर । तिम्रो इच्छाअनुसारका सुनका गरगहना लगाउन, राम्राराम्रा कपडा लगाउन पाइन्छ । सुख पाउँछ्यौ, काम केही गर्नु पर्दैन भन्यो र म गएकी हुँ,’ पीडित किशोरीले भनिन् । 

उनी ६ वर्षकी हुँदा उनका बाबुले सौतेनी आमा ल्याएको र आफ्नी आमा पनि दोस्रो विवाह गरी हिँडेपछि उनलाई फुपु सेतीमाया तामाङले लमजुङ ल्याएर हुर्काएकी थिइन् । 

कक्षासम्म ३ पढेपछि उनी पढाइ छाडेर फुपुसँगै गिट्टी बालुवाको काम गर्न थालिन् । यसैक्रममा उनी विष्णुमायाको सम्पर्कमा पुगिन् ।  पीडित लमजुङ फर्किएपछि उनकी फुपूले मानव बेचबिखनको आरोपसहित विष्णुमायालाई कारबाहीका लागि निवेदन दिन जाँदा प्रहरीले उल्टै हप्काउँदै उमेर पुगेको मान्छे आफू खुसी जहाँ जान पनि सक्छ भन्दै गाली गरेको पीडितको आरोप छ ।

पीडकबाट १० हजार रुपैयाँ १० दिन पछि दिने गरी सही गराएर प्रहरीले आफूहरुलाई फर्काएको पीडितकी फुपु सेतीमायाले बताइन् । 

तर, पैसा लिएकोबारे कागजलमा लेख्न नमिल्ने र कागजमा के लेखिएको थियो, यसबारे पनि प्रहरीले पढेर नसुनाएको उनको आरोप छ । आफूहरुले कागजमा सही गर्न लगाएर पठाएको उनले बताइन् । 

‘पुलिसले के लेखेर सही गराएको हो, त्यो पनि सुनाएन,’ पीडितकी फूपु सेतीमायाले भनिन्, ‘भदैलाई खोज्ने क्रममा मेरो ४० हजार रुपैयाँभन्दा बढी खर्च भएको छ । पुलिस १० हजार पाउछेस् भन्छ । त्यो पनि कहिले दिने हो थाहा छैन । म त पुलिसकोमा पनि जान्न, कस्तो थर्काउँछ । हामी साह्रै अन्यायमा पर्‍यौँ ।’ 

जन्मदर्ता प्रमाणपत्रअनुसार किशोरीको जन्म मिति १९ असार २०६२ उल्लेख छ । उमेर पुगेको भन्दै मिलापत्र गराउन खोजेको प्रहरीले चेलीबेटी बेचबिखन जस्तो संवेदनशील विषयमा   पीडितहरू प्रति गरेको व्यवहारले थप आशंका उपब्जाएको पीडित पक्षको भनाइ छ । 

निर्वाचनका कारण भारतीय सीमानाका शील भएकाले किशोरीलाई काठमाडौंमा होटेलमा लगेर राखेको अवस्थामा फेला पारेर लमजुङ ल्याइएपछि पीडित उजुरीसहित प्रहरीकोमा पुगेको हो । 

करकापमा नभई सहमतिमा काम लगाउन लगिएको र अहिले किशोरी फर्किसकेकाले सम्झाएर पठाएको प्रहरीको जवाफ छ । ‘उमेर पुगेको केटी हो, करकापमा लगिएको होइन । काम लगाइदिन भनेर लगेको हो र अहिले सही सलामत केटी फिर्ता आएको हुँदा सम्झाएर पठाएका हौं,’ लमजुङका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक जगदिश रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने