१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मैले एमालेको भोट काटेको होइन, एमालेले नै सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

१० जेष्ठ २०७९, मंगलवार ११:०५

जेठ १०, चितवन | भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा एमाले दोस्रो शक्तिका रुपमा देखियो ।

मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट कांग्रेसीबाट आउने भोट पौडेलले रोक्नु प्रमुख कारण भएको नेकपा एमालेकाे निश्कर्ष  छ ।

तर, नेता पौडेलले भने आफूले एमालेको भोट नकाटेको बरु एमालेले आफ्नै मत सुरक्षित गर्न नसकेको बताउँछन् । उनले नेकपा एमालेको २५ प्रतिशत मत पाँच दलीय गठबन्धनको उम्मेदवारलाई गएको पनि बताए । । 


नेकपा एमालेले नेपाली कांग्रेसले अघोषित रूपमा स्वतन्त्र उमेदवार उठाएर आफ्नो पक्षमा आउने मत काटेको आरोप लगाउँदै आएको विषयमा उनले भने, ‘मलाई सुरूमा माओवादीले हाम्रो मत काट्नलाई उठे भने । अहिले होइन भनिरहेका छन् । आफूले पराजय भोग्नुपर्ने भएपछि एमालेले पनि त्यही आरोप मतिर तेर्साए । तर, वास्तविकता त्यस्तो होइन । मलाई कसैले उठाएको होइन, म आफैँ उठेको हुँ ।’ 

आफूले एमालेको मत काटेको नभइ एमालेका उम्मेदवारले आफ्नै मत पनि सुरक्षित राख्न नसकेको उनको भनाइ छ । ‘एमालेका २५ प्रतिशत मतदाताले गोलाकारभित्रको हँसिया हथौडामा मतदान गरेका छन्,’ उनी भन्छन्, ‘त्यसैले एमालेले अरूलाई दोष दिने होइन कि आफ्नै पार्टीभित्र भित्री समीक्षा गर्नुपर्छ ।’ 

निर्वाचन हुनुपूर्व पौडेलको विषयमा धेरैले १० हजारदेखि २० हजारसम्मको मत ल्याउन सक्ने आंकलन गरेका थिए । कांग्रेस र पाँच दलीय गठबन्धनबाट असन्तुष्ट बनेका पौडेलको उम्मेदवारीले रेनु दाहालको मत काट्ने अड्कल गरे । कतिपयले भने दुवै उम्मेदवारको मत काट्ने अड्कल पनि गरे । 

राष्ट्रिय प्रजातन्त्र पार्टीसँग पनि तल्लो तहसम्म गठबन्धन नगर्दाको असर मेयरमा देखिएको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेले बताए । ‘गठबन्धनबाट असन्तुष्ट पक्षले सूर्यमा मतदान गर्न सक्ने सम्भावना बलियो हुँदाहुँदै पनि वैकल्पिक चुनाव चिन्ह पाएपछि हामीलाई आउने मत पनि उता गयो,’ उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ