2026-06-20 05:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनले सबैभन्दा बढी मत काठमाडौं महानगरको कुन कुन वडा बाट पाए ?

जेठ ११, काठमाडौँ | काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको अन्तरले अघि बढेपछि उनको जित सुनिश्चित भएको हो । 

काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ । 


१९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गरेका छन् । उनको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन् । सिर्जनाकोभन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन् । गणना गर्न बाँकी मतभन्दा बालेन र सिर्जनाबीचको मतान्तर बढी रहेको छ, जसले गर्दा बालेनको जित सुनिश्चित भएको हो । 

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरका ३२ वडामध्ये हालसम्म २७ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब मतगणना सम्पन्न बाँकी रहेका वडामा १३, १४, १५, १६ र १७ रहेका छन् । 

हालसम्म मतगणना सम्पन्न भइसकेका वडामध्ये बालेनले सबैभन्दा बढी मत ३३ नम्बर वडा (कोटेश्वर)बाट प्राप्त गरेका छन् । त्यहाँ उनले सदर भएकोमध्ये ४६ प्रतिशत अर्थात ५ हजार ५२३ मत प्राप्त गरेका छन् । 

बालेनले सदर भएकोमध्ये वडा नं. ९ (गौशाला) बाट ४४ प्रतिशत (३ हजार ३१८), वडा नं. ३१ (शान्तिनगर)बाट ३८ प्रतिशत (४ हजार १५८), वडा नं.४ (बालुवाटार)बाट ४२ प्रतिशत (३ हजार ९६६), वडा नं.७ (मित्रपार्क) बाट ४१ प्रतिशत (३ हजार ८४६) र वडा नं. १० (बानेश्वर)बाट ३८ प्रतिशत (२ हजार ७२८) मत प्राप्त गरेका छन् । 

यस्तै, बालेनले सदरमतमध्ये वडा नंं.१ (नक्साल) बाट ३४ प्रतिशत (७८३), वडा नं. २ (लाजिम्पाट)बाट ३६ प्रतिशत (१ हजार २१५), वडा नंं.३ (महाराजगन्ज)बाट ३७ प्रतिशत (२ हजार ३२६), वडा नं. ५ (हाँडिगाउँ)बाट ३७ प्रतिशत (१ हजार ५०१), वडा नं.६ (बौद्ध)बाट ३६ प्रतिशत (३ हजार ४७६) र वडा नं. ८ (पशुपति)बाट ३५ प्रतिशत (१ हजार ३१३) मत प्राप्त गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ