१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मतदाताको हत्या भयाे : ओली

१२ जेष्ठ २०७९, बिहीबार ०६:३६

जेठ १२, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा भोट आफ्नो पक्षमा पार्नका लागि मतदाताको हत्या भएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकलाई सम्बोन गर्दै गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा विभिन्न ठाउँमा भोट पाउनको लागि मतदाताको हत्या गरिएको ओलीले बताएका हुन् ।

उनले रुकुममा मतदाताको हत्या गरी वनमा लगेर फालेको टिप्पणी गरे । उनले भने, ‘रुकुमा भोट पाउनको लागि मतदाताको हत्या गरियो । मतदाता अपहरण गरियो । हत्या गरेर वनमा फाल्ने कामहरु भयो ।’


हुम्लामा कार्यकर्ताको बुबाको हत्या गरिएको पनि उनले बताए । ‘हुल्लमा मतदान भइसकेपछि मतगणना समयमा राजनीतिक कार्यक्रर्ताहरु घर आएर बसेर खाना खाएर कुरा गर्दै थिए, कार्यकर्ताका बाबु आँगनमा भएको बेला हमला गरियो । उनको हत्या गरियो । बचाउन सकिएन ।’

आलीले ताप्लेजुङ र उदयपुरमा पनि मतदाताको हत्या भएको बताए । उनले भने, ‘उदयपुरमा प्रहरीकै गोलीबाट हत्या गरियो । विभिन्न ठाउँमा आक्रमण भए । धेरै मतदाता घाइते भए ।’

उनले स्थानीय तहको निर्वाचनमा मतदातालाई घेर्ने, छेक्ने, थुन्ने, भयभित पर्ने र कुटपिट गर्ने कामहरु समेत भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी