२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले अब फिल्म खेल्ने !

२०७९, १२ जेष्ठ बिहीबार ०७:५०

जेठ १२, काठमाडौँ | स्थानीय तह निर्वाचनको निराशाजनक परिणामपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आगामी दिनमा लेखन, साहित्य सिर्जना र अभिनयलगायत क्षेत्रमा सक्रिय हुने बताएका छन् ।

विवेकशील पार्टीबाट राजीनामापछि मिश्रको आगामी यात्राबारे सर्वत्र चासो छ । यस्तोमा मिश्रले  परोपकारी कार्यसँगै लेखन, साहित्य सिर्जना र सिनेमामा अभिनय गर्नसक्ने बताएका हुन् ।

‘कतिपय साथीहरूले अब तपाईं के गर्नुहुन्छ भनेर सोधिरहनु भएको छ,’ मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। …साथमा, कविता लेखुँला, किताव लेखुँला, परोपकारी काम गरूँला । र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरूँला ।’

बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका मिश्रले त्यसपूर्व परोपकारी कार्यसमेत गरेका थिए । मिश्रका ‘भू–मध्य रेखा’, ‘राजनीतिसँगै राजकाजलगायत पुस्तक पनि प्रकाशित छन् ।

मिश्रले आफ्नो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म पिछडिएका वर्गको हित गर्नु रहेको पनि प्रष्ट पारेका छन् । यो उद्देश्य पूर्तिका लागि “विचारभन्दा माथि देश” हुनुपर्ने मान्यता आफूले राखेको र त्यसलाई शिरोधार्य गर्दै अगाडि बढ्ने उनले उल्लेख गरेका छन् ।

यसैबीच, मिश्रले पार्टीबाट राजीनामा नदिन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । नाजुक चुनावी परिणाममा नेतृत्वको धर्म निर्वाह गरेकाले विचलित नहुन उनले भनेका छन् ।

मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि विवेकशील साझा पार्टीका विभिन्न नेता तथा सदस्यले राजीनामा दिइरहेका छन् ।

‘ पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ।’ पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले भावी प्रारम्भिक बाटो तय गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै