१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विवेकशील साझा पार्टी अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले अब फिल्म खेल्ने !

१२ जेष्ठ २०७९, बिहीबार ०७:५०

जेठ १२, काठमाडौँ | स्थानीय तह निर्वाचनको निराशाजनक परिणामपछि विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका रवीन्द्र मिश्रले आगामी दिनमा लेखन, साहित्य सिर्जना र अभिनयलगायत क्षेत्रमा सक्रिय हुने बताएका छन् ।

विवेकशील पार्टीबाट राजीनामापछि मिश्रको आगामी यात्राबारे सर्वत्र चासो छ । यस्तोमा मिश्रले  परोपकारी कार्यसँगै लेखन, साहित्य सिर्जना र सिनेमामा अभिनय गर्नसक्ने बताएका हुन् ।

‘कतिपय साथीहरूले अब तपाईं के गर्नुहुन्छ भनेर सोधिरहनु भएको छ,’ मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मलाई मेरो भाग्यले गुनासो गर्ने ठाउँ नै नराखी चाहिनेभन्दा बढी दिइसकेको छ। मलाई थप केही आवश्यक छैन। …साथमा, कविता लेखुँला, किताव लेखुँला, परोपकारी काम गरूँला । र, मन लाग्यो भने, सिनेमामा अभिनय पनि गरूँला ।’

बिबिसी नेपाली सेवाको प्रमुखबाट राजीनामा दिएर राजनीतिमा होमिएका मिश्रले त्यसपूर्व परोपकारी कार्यसमेत गरेका थिए । मिश्रका ‘भू–मध्य रेखा’, ‘राजनीतिसँगै राजकाजलगायत पुस्तक पनि प्रकाशित छन् ।

मिश्रले आफ्नो राजनीतिको प्रमुख उद्देश्य देशको दूरगामी हित र दशकौंसम्म पिछडिएका वर्गको हित गर्नु रहेको पनि प्रष्ट पारेका छन् । यो उद्देश्य पूर्तिका लागि “विचारभन्दा माथि देश” हुनुपर्ने मान्यता आफूले राखेको र त्यसलाई शिरोधार्य गर्दै अगाडि बढ्ने उनले उल्लेख गरेका छन् ।

यसैबीच, मिश्रले पार्टीबाट राजीनामा नदिन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरेका छन् । नाजुक चुनावी परिणाममा नेतृत्वको धर्म निर्वाह गरेकाले विचलित नहुन उनले भनेका छन् ।

मिश्रले पार्टीको अध्यक्षबाट राजीनामा दिएपछि विवेकशील साझा पार्टीका विभिन्न नेता तथा सदस्यले राजीनामा दिइरहेका छन् ।

‘ पार्टीका कतिपय नेता तथा सदस्यहरूले राजीनामा दिन थाल्नुभएको या राजीनामा दिने तयारी गरेको देखियो। कृपया, त्यसो नगरिदिनु होला। कुनै पनि पार्टीको नेताले नाजुक चुनावी परिणाम आएपछि जे गर्नु पर्ने हो, मैले त्यही नै गरेको हुँ।’ पार्टीको अब बस्ने केन्द्रीय समिति बैठकले भावी प्रारम्भिक बाटो तय गर्ने पनि उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ