१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रेस युनियनको अपडेट भेला जारी, पुर्व महासचिव देखी कांग्रेस केन्द्रिय सदस्यसमेत उपस्थित

१३ जेष्ठ २०७९, शुक्रबार ०५:२६

जेठ १३, काठमाडौं | पटकपटक महाधिवेशनको मिति सारेका भन्दै प्रेस युनियन आवद्ध असन्तुष्ट पक्षले काठमाडौंमा समानान्तर भेला आह्वान गरेका छन् ।

पूर्वनिर्धारित मिति अनुसार आजैका दिनमा तय गरिएको महाधिवेशन तीन महिनापछि अर्थात १३–१४ भदौमा सारिएको भन्दै असन्तुष्ट पक्षले समानान्तर भेला आयोजना गरेका हुन् ।


काठमाडौंस्थित अनुपम फुडल्याण्डमामा जारी भेलाले जेठ मसान्तभित्र महाधिवेशन गर्ने बारेमा छलफल गर्ने काठमाडौं जिल्लाका पुर्व अध्यक्ष नकुल अर्यालले जानकारी दिए । ‘‘विगत ८ वर्षदेखि युनियनको महाधिवेशन हुन सकेको छैन, यसअघि जेठ १३ र १४ मा तोकिएको महाधिवेसन हठात स्थगित गरेर  अधिवेशन सारेर भदौ भदौं २१–१२ पुर्‍याइएको छ,’ अर्यालले न्युज कारखानासँग भने, ‘महाधिवेशन गर्न अक्षम नेतृत्वको खिलाफमा बहुमत पदाधिकारीसहित केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको मिति तय गर्नेछ ।’  वरिष्ठ उपाध्यक्ष दिपक आचार्य, उपाध्यक्ष बाला अधिकारी, सचिव सलोजा दाहाल, खिला कार्की र केन्द्रीय सल्लाहकार शिव लम्साललगायत पूर्वअध्यक्षको भेला भइरहेको हो ।

प्रेस युनियन स्थापना दिवसको अवसरमा आयोजित भेलालाई पूर्वअध्यक्षहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाउँदै देशैभरीबाट जिल्ला अध्यक्षहरु काठमाडौं आएका छन । सो भेलामा कांग्रेस सभापति शेरबहादुर देउवा इत्तरका समर्थक पत्रकारहरुको सहभागिता रहेको छ । भेलामा कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, युनियनका पुर्व महासचिवसमेत रहेका केन्द्रिय सदस्य अजयबाबु सिवाकोटी, केन्द्रिय सदस्य प्रतिमा गौतमलगायत पनि उपस्थित छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल