१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘पटकपटक लडेर धुलो टक्कटक्याएर उठेको हुँ, हार जित सामान्य’ भन्दै बालेन र सुनितालाई स्थापितको शुभकामना

१३ जेष्ठ २०७९, शुक्रबार ०५:५४

जेठ १३, काठमाडौं | काठमाडौं महानगरपालिका प्रमुखमा नेकपा एमालेबाट उम्मेदवार बनेका केशव स्थापितले निर्वाचनमा भएको हार-जितलाई सामान्य रुपमा लिएको बताएका छन्।

काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भएपछि प्रतिक्रिया दिँदै उनलेजनताको सेवक भएर काम गर्ने आकांक्षा सफल हुन सकेको भन्दै उनले काठमाडौं महानगरकोविकास र समृद्धिप्रतिको आकांक्षा अलिकति पनि नधरमराएको बताएका हुन्।‘म पटक-पटक लडेर पनि फेरि धुलो टक्टक्याएर उठेको व्यक्ति हुँ। त्यसैले मैले यो लोकतान्त्रिक अभ्यासमा हार–जितलाई सामान्यरुपमा लिएको छु। काठमाडौँ म र मेरो पुस्तौ–पुस्ता जन्मिएको माटो हो। त्यसैले मलाई यहाँको माटो, यहाँको सम्पदा, यहाँको सँस्कृति, यहाँको विकास, यहाँको समृद्धिप्रति अगाध स्नेह छ, अगाध प्रेम छ,’ उनले भनेका छन्।


महानगर प्रमुखमा निर्वाचित बालेनलाई शुभकामना दिँदै स्थापितले विपक्षमा मतदान गर्नेहरुको मन जित्ने काम गर्न उनी सफल हुनेमा आशावादी रहेको बताएका छन्। बालेनले गर्ने राम्रो काममा सहयोग र गलत काममा खबरदारी गर्ने उनले बताएका छन्।

‘काठमाडौँको विकास र समृद्धिसँगै तपाईँले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ। यद्यपि, तपाईँले गरेका रहेक कमजोरीमा भने म निरन्तर खवरदारी अवश्य गरिरहने छु।’

स्थापितले उपप्रमुखमा निर्वाचित एमालेकै उम्मेदवार सुनिता डंगोललाई पनि शुभकामना व्यक्त गरेका छन्। सुनितालाई ‘आशा बोकेको युवा’ भन्दै स्थापितले महानगरवासीको सेवक भएर डंगोलले काम गर्नेमा आफू विश्वास्त रहेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी