१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्र नेताको स्वार्थमा प्रयोग भयो : राजेन्द्र महतो

१३ जेष्ठ २०७९, शुक्रबार ११:१२

जेठ १३, काठमाडौँ | लोकतान्त्रिक समाजवादी पार्टी सांसद राजेन्द्र महतोले देश र जनताले विकास र समृद्धि खोजेको भन्दै हालसम्म नहुुनुको कारण खोज्नुपर्ने बताएका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले लोकतन्त्र नेताहरुले आफ्नो स्वार्थमा प्रयोग गर्दा देश विकास र समृद्ध नभएको बताए । 


संसदमा दलहरुको आरोप–प्रत्यारोप होइन जनताले समृद्धि खोजेको भन्दै उनले संसदमा एकले अर्काेलाई भ्रष्टाचारी भनेर आरोप लगाएको बताए । ‘एकले अर्काेलाई भ्रष्टाचारीको आरोप लगाएपछि दुवै भ्रष्टाचारी देखिए,’ महतोले भने । 

भूगोलको एकीकरणमात्र होइन मन पनि मिलाएर राष्ट्रियता कायम गर्नुपर्ने भन्दै उनले भने, ‘पृथ्वी नारायाण शाह भूगोल एकीकरण गरे । साझा फूलबारी बनाए । तर, अहिले किन मन जोडिएन । जुन जनताका लागि संविधान बनाइयो, त्यही जनतालाई गोली हानियो ।’ 

नेपाल सबै जातजाति र समुदायका लागि बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्दै उनले एकल राज्य प्रणालीमा चलेको आरोप लगाए । जनता अहिले पनि पहिचान चाहिरहेको भन्दै उनले बालेन साहको विजयी परिवर्तनको संकेत रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन