2026-06-20 03:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

जेठ १४, काठमाडौं | शनिबार देशका विभिन्न जिल्लामा पाँच जनाको शव फेला परेको छ । काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापामा गरी पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन्  । 

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मकालु गाउँपालिका–२ का ३६ वर्षीय आङदोर्ची शेर्पा शनिबार मृत अवस्थामा फेला परेका हुन् । सोमबार सेभेन समिट क्लब ट्रेकिङ कम्पनीमार्फत सगरमाथा आरोहण गर्न गएका उनी आरोहण गरी फर्कने क्रममा ८ हजार फिट उचाइमा बेपत्ता भएका थिए ।

उता, नुवाकोटको विदुर नगरपालिका–९ खड्का थोकमा पनि एक युवक मृतावस्थामा भेटिएका छन् ।  सोही ठाउँ बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका ५ मा पनि एक बृद्ध मृतावस्थामा फेला परेका छन् । बिर्तामोडको सडक छेउमा मोरङ घर भएका अन्दाजी ७० वर्षीय कालिया नामका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर चोकस्थित सडक पेटीमा पनि एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको र उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ