१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशका छुट्टाछुट्टै स्थानमा पाँच जनाको शव फेला

१४ जेष्ठ २०७९, शनिबार १३:३४

जेठ १४, काठमाडौं | शनिबार देशका विभिन्न जिल्लामा पाँच जनाको शव फेला परेको छ । काठमाडौं, सोलुखुम्बु, संखुवासभा, नुवाकोट, झापामा गरी पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–९ मा डेरा गरी बस्ने एक पुरुष मृत फेला परेको छन् । दोलखा गौरीशंकर गाउँपालिका ५ घर भएका ५५ वर्षीय ब्याजु शेर्पा मृत अवस्थामा फेला परेका हुन्  । 

त्यस्तै सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ स्थित सगरमाथा आधार शिविरमा एक युवक मृतावस्थामा भेटिएका छन् । संखुवासभा मकालु गाउँपालिका–२ का ३६ वर्षीय आङदोर्ची शेर्पा शनिबार मृत अवस्थामा फेला परेका हुन् । सोमबार सेभेन समिट क्लब ट्रेकिङ कम्पनीमार्फत सगरमाथा आरोहण गर्न गएका उनी आरोहण गरी फर्कने क्रममा ८ हजार फिट उचाइमा बेपत्ता भएका थिए ।

उता, नुवाकोटको विदुर नगरपालिका–९ खड्का थोकमा पनि एक युवक मृतावस्थामा भेटिएका छन् ।  सोही ठाउँ बस्ने २६ वर्षीय कुमार शिवभक्ति आफ्नै घर नजिकै रहेको खानेपानीको ट्याङ्कीको स्ल्याबमा मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै झापाको बिर्तामोड नगरपालिका ५ मा पनि एक बृद्ध मृतावस्थामा फेला परेका छन् । बिर्तामोडको सडक छेउमा मोरङ घर भएका अन्दाजी ७० वर्षीय कालिया नामका पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । 

त्यस्तै काठमाडौं महानगरपालिका–१० पुरानो बानेश्वर चोकस्थित सडक पेटीमा पनि एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ४६ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको र उनको परिचय खुलिनसकेको प्रहरीले जानकारी दिएको छ । घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन