२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

गणतन्त्र दिवसमा उदयपुरका ७ कैदी जेलमुक्त

२०७९, १६ जेष्ठ सोमबार ०६:१९

जेठ १६, उदयपुर | सरकारले  विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका जिल्ला कागागार शाखा उदयपुरका सात जनालाई गणतन्त्र दिवसको अवसरमा कैद सजाय मिनाहा गरेको छ ।

जिल्ला कारागार शाखा उदयपुरका अनुसार गणतन्त्र दिवसमा विभिन्न आरोपमा कैदी जीवन बिताउँदै गरेका सात जनाको बाँकी सजाय मिनाहा गरिएपछि उनीहरू रिहा भएका हुन ।


गृह मन्त्रालयको सिफारिसमा राष्ट्रपतिबाट कैदीका सजाय मिनाहा गर्ने प्रचलनअनुसार उनीहरूको बाँकी सजाय मिनाहा भएको कारागार प्रमुख (जेलर) कामु शाखा अधिकृत डिगमबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार सजाय मिनाहा पाउनेमा कर्तव्य ज्यानका दुई पुरुष, सवारी ज्यानका दुई, सवारी ज्यान र अंगभंगकाे दाेषीमा जेल परेका एक तथा चोरी र ज्यान मार्ने उद्योगमा कसुर ठहरिएका एक एक जना रहेको जनाएका छन ।

साविक भलायडाँडा गाविस– ९ अहिले उदयपुरगढी गाउँपालिका– ७ का देवेन्द्र भन्ने ४५ वर्षीय देवबहादुर अधिकारी, साविक लेखगाउँ गाविस- ४ भई हाल ताप्ली गाउँपालिका–२ का रमेश भन्ने ४६ वर्षीय हरिबहादुर श्रेष्ठ रहेका छन् ।  सवारी ज्यान आरोपका कैदी सिराहा लहान नगरपालिका– ५ लाहान स्थायी बसोबास गर्ने २१ वर्षीय विनोद गुप्ता र सवारी ज्यानकै कैदी खोटाङ जन्तेढुंगा गाउँपालिका- ४ का २३ वर्षीय दिनेश थापा  छन्  । सवारी ज्यान र अंगभंगको आरोपमा कैदी  साविक ताम्लिछा गाविस अहिले लिम्चुङबुङ गाउँपालिका–२ का ३० वर्षीय सन्तोषकुमार खत्रीको बाँकी सजाय मिनाहा भएका हुन् ।

चोरी अभियोगका कैदी त्रियुगा नगरपालिका- ११ गाईघाटका २६ वर्षीय सञ्जयकुमार चौधरी र ज्यान मार्ने उद्योगका कैदी रौतामाई गाउँपालिका– ७ का नविन भन्ने खम्बसिंह परियारले बाँकी सजाय छुट पाएको छ । उनीहरूलाई गृह मन्त्रालय, स्थानीय प्रशासन तथा प्रदेश समन्वय शाखाको पत्रानुसार कारागार मुक्त गरिएको जेलर कार्कीले बताए । प्राप्त पत्रानुसार बाँकी सजाय छुट पाएका सातै कैदीलाई गणतन्त्र दिवसका दिन कारागार मुक्त गरेर बिदाइ गरिएको कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ हर्क साम्पाङ आज गृह मन्त्रालय जाँदै सभामुखका लागि मनोनयन दर्ता गर्न पुगे डीपी अर्याल