१५ कार्तिक २०८१, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राणाविरुद्धको महाअभियोग प्रस्ताव संसद्‍मा प्रस्तुत भएन, एमाले भन्छ – दुई तिहाइ बहुमत पुग्दैन

१६ जेष्ठ २०७९, सोमबार ०९:४६

जेठ १६, काठमाडौं | प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध गत १ फागुनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफलसमेत हुन सकेको छैन । 

छलफलपछि संसद्को महाअभियोग समितिमा प्रस्तावलाई पठाउनुपर्ने हो । तर, प्रस्ताव दर्ता भएको साढे तीन महिना हुँदा पनि छलफलसमेत हुन नसकेको हो । 

संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले प्रस्तावलाई प्रक्रियामा लानै नचाहेको आरोप लगाएको छ । 

प्रस्तावलाई प्रक्रियामा नलगी झुलाउँदै अन्ततः प्रधानन्यायाधीश जबराको कार्यकाल सकाउने मनसायसमेत सरकारको देखिएको एमालेको अर्को आरोप छ ।

जबरा, आगामी २७ मंसिरमा ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् ।


संसद्को चालु ११ औँ अधिवेशनमा समेत प्रस्तावबारे छलफल गर्न सरकारले नचाहेको पूर्वकानुनमन्त्रीसमेत रहेकी महाअभियोग समिति सदस्य डा. शिवमाया तुम्बाहाङ्फेले भन्दै आलोचना गरेकी छिन् । 

‘यो बजेट अधिवेशनमा पनि छलफल गर्न नसकिने होइन । छलफल गर्न सकिन्छ । प्रस्तावमाथि छलफल गरेर महाअभियोग समितिमा प्रस्तावलाई पठाउनुपर्ने हुन्छ’, तुम्बाहाङ्फेले न्युज कारखानासँग भनिन्, ‘तर, सरकारले प्रस्तावमाथि छलफल गराउने स्थिति देखिएको छैन ।’

यसअघि २ चैतमा संसद्‍मा महाअभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो । तर, १ चैतको मध्यरातदेखि लागू हुनेगरी सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछि प्रस्तावमाथि छलफल हुन पाएन । 

त्यसबेला पनि प्रमुख विपक्षी दल एमालेले सरकारको आलोचना गरेको थियो ।

महाअभियोग समिति सदस्य तुम्बाहाङ्फे  सरकारले प्रस्तावबारे संसद्‍मा मत विभाजन हुँदा दुई तिहाइ बहुमत नपुग्ने अनुमानका आधारमा पनि प्रस्तावलाई अघि नबढाएको हुन सक्ने बताइन् । 

उनले भनेकी छिन्, ‘प्रस्तावलाई टुङ्‍गाेमा पुर्‍याउन सदनमा त मत विभाजन हुन्छ । प्रस्तावक र समर्थक पक्षले दुई तिहाइ बहुमत जुटाउनुपर्छ । नभए प्रस्ताव पारित हुँदैन । प्रस्ताव र समर्थक सत्ता पक्ष छ । तर, बहुमत छैन । त्यही भएर पनि ढिला गरेको हुनुपर्छ ।

१ फागुनमा अप्रत्याशित रूपमा नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसाल, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङ र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले प्रस्ताव भएर जबराविरुद्ध महाअभियोग प्रस्ताव संसद्‍मा दर्ता गराएका थिए । 

प्रस्ताव दर्तापछि महाअभियोग समिति गठन भएको हाे । 

समितिमा सत्ता पक्ष र प्रमुख विपक्षी दल र अन्य विपक्षी दलका सांसदहरू रहेको ११ सदस्यीय समिति गठन भएको छ ।  समितिलाई महाअभियोग छानबिन गरी पुष्टि हुनेगरीका गतिविधि गरे//नगरेको सिफारिस गर्ने कार्याधिकार छ ।   तर, संसद्‍मै छलफल हुन सकेको छैन । 

माओवादी सांसद रेखा शर्माले संसद्को चालु अधिवेशनमा महाअभियोग प्रस्तावबारे छलफल हुने बताएकी छिन् । तर, त्यसअघि भने आइतबार संसद्‍मा प्रस्तुत भएको विनियोजन बजेटबारे छलफल हुने उनको भनाइ छ । 

‘महाअभियोगबारेको प्रस्ताव छिटो टुङ्ग्याउनुपर्छ । संसद्‍मा छलफल हुनैपर्छ । तर, अहिले हामीलाई बजेटको प्रेसर छ । यो सकेर छलफल गर्ने होला’, शर्माले भनिन् । 

महाअभियोग समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, डा. शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल सदस्य छन् ।

नेपाली कांग्रेसबाट मीनबहादुर विश्‍वकर्मा र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी, रेखा शर्मा तथा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह रहेका छन् । 

प्रतिनिधि सभा नियमावलीको नियम १६१ अनुसार गठित समितिले प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्तावमाथि छानबिन गर्नेछ । 

छानबिन गरेपछि नियम १६६ अनुसार ‘महाअभियोग सिफारिस समितिको प्रतिवेदन स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधि सभा बैठकमा पेस हुनेछ । 

बैठकमा मत विभाजन हुँदा महाअभियोगको पक्षले दुई तिहाइ बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । त्यसो हुँदा मात्र प्रधानन्यायाधीश जबरा पदमुक्त हुन्छन् । 

तर, दुई तिहाइ बहुमत नपुगे प्रस्ताव असफल हुन्छ र जबरा पदमा पनर्वहाली हुनेछन् । 

हाल संसद्को गणित हेर्दा महाअभियोग प्रस्तावको पक्ष रहेको सत्तासिन दलहरूले बहुमत पुर्‍याउने सम्भावना न्यून छ । 

किनभने संसद्‍मा रहेका २७१ जना सांसदमध्ये सत्ता नेतृत्व दल कांग्रेसका ६३ जना (२ जना निलम्बित), माओवादी केन्द्रका ४९ जना, एकीकृत समाजवादीका २३ जना, जनता समाजवादी पार्टी (जसपा)का २० जना (एक जना निलम्बित) र राष्ट्रिय जनामोर्चाका एक जना छन् । 

प्रमुख विपक्षी दल एमालेका ९८ जना (एक जना निलम्बित), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का १४ जना (त्यसमध्ये एक जना निलम्बित), राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना र नेपाल मजदुर किसान पार्टीका १ जना सांसद छन् । 

संसद्को अंकगणित हेर्दा गठबन्धन दलसँग १५३ जना सांसद देखिएका छन् । दुई तिहाइ बहुमतका लागि १८१ जना सांसद चाहिन्छ । र, महाअभियोग प्रस्तावकर्ता रहेको सत्तासिन दलहरूले दुई तिहाइ बहुमत पुर्‍याउन सक्ने सम्भावना देखिएको छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वी स्पेनमा वर्षाका कारण आएको भीषण बाढीबाट ९५ जनाको मृत्यु महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै रवि लामिछानेलाई थप गरिएको म्याद सकिए पनि तिहार हिरासतमै बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ? तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा आज देशभरको मौसम सामान्यतः सफा रहने पूर्वानुमान साफ महिला च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि उपविजेतामा सीमित यस्ता छन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश सावित्रा भण्डारीका आमाबुबा भन्छन्, ‘हाम्रो आँखा छलेरै फुटबल खेल्थिन्, प्रगति गरेको देख्दा दङ्ग छौँ’ कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को ट्रेलर सार्वजनिक प्रधानमन्त्री ओली र ‘प्रकाण्ड’बीच भेटवार्ता सरकारी अस्पतालमा विद्युत महशुल छुट दिलाउन मन्त्री पौडेलको सक्रियता धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीको सूची तयार पार्दै सामान्य प्रशासन मन्त्रालय नेपाल-भारत सीमामा पर्खाल लगाएर भिसा प्रणाली लागू गर्नुपर्छ : वामदेव अस्पतालको शय्याबाट टेलिभिजनमै साफ हेर्दैछन् मैदानमा हुनुपर्ने दीपा र हीरा बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित जो बाइडेनले डोनाल्ड ट्रम्पका समर्थकलाई ‘फोहोर’ भनेपछि कडा आलोचना