१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

१७ जेष्ठ २०७९, मंगलवार ०७:०१

जेठ १७, काठमाडौँ | पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् ।

आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाटसुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिंदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे ।


आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकार भएको उनले बताए । तर सरकारले त्यसलाई बिर्सिएर पूर्ण अवधिको सरकारको जस्तै बजेट प्रस्तुत गरेको भन्दै उनले आलोचना गरे । ‘यो बजेट नभएर, चुनावी प्रचार जस्तो छ, भोट बटुल्ने उद्देश्यले आएको छ, मतदाता रिजाउने गरी आएको छ, यसले बजेटको मर्ममा प्रहार गरेको छ,’ उनले भने ।

वर्तमान सरकार बनेयता प्रतिदिन आर्थिक परिसूचक नकारात्मक बनेको भन्दै उनले आगामी आवमा परिस्थिति अझ जटिल बन्न सक्ने बताए । तर सरकारको बजेट कल्पनामा विचरण गरिएको भन्दै पूर्वअर्थान्त्री पौडेलले भने, ‘साधारण खर्च बढाइएको छ, पुँजीगत खर्च घटाइएको छ, बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको छ ।’

सरकारले वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने घोषणासमेत आधारहिन रहेको उनले बताए । ‘आम नेपालीको आम्दानी नबढ्ने र महंगी बढ्दा कसरी गरिबी निवारण हुन्छ ?’ उनले प्रश्न गरे । निर्यातबारे यथार्थ मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्दै उनले आयात घटाउँदा उपभोग वा पुँजीगत आयात के घटाउने हो भन्ने बजेटमा स्पष्ट नभएको बताएका छन् ।

बजेटले कृषिलाई आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको भन्दै उनले कृषि क्षेत्रको आयात कम हुने नीति नआएको बताए । बजेटका प्राथमिकता र उद्देश्य शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रले प्राथमिकता नपाएको उल्लेख गरे । उद्देश्य र प्राथमिकताबीच संगती नभएको भन्दै बजेट निबन्ध जस्तो मात्र भएको बताए । कार्यक्रम र योजना व्यक्ति र समूह विशेषलाई लक्षित गरेर आएको देखिने उनको भनाइ छ । बजेट सुख्खा जमिनको घस्रिन खोजेको चिप्लेकिरो जस्तो मात्र भएको र समृद्धिको राष्ट्रिय संकल्पबाट टाढिएको बताए ।

वित्त क्षमताभन्दा बढी खर्च भएको र स्रोत जुट्ने विश्वसनीय आधार बजेटमा नपाएको उनले बताए । आगामी आवमा विकास खर्चको वाषिर्क अनुमान अनुरुप स्रोत परिचालन हुन नसक्ने उनको दाबी छ । लगानी घटाएर चमत्कारको दावी गरिएको र काल्पनिक कार्यक्रम आएको भन्दै एमाले सांसद एवं पूर्वअर्थमन्त्री पौडेलले निवन्धरुपी बजेटले डेलिभरी दिन नसक्ने बताए ।

चतरा-सगरमाथा द्रुतमार्ग बनाउने बजेट घोषणालाई काल्पनिक आयोजनाको संज्ञा दिएका पौडेलले चितवन-काठमाडौं द्रुतमार्ग बनाउनैपर्ने भनेर व्यंग्य गरे । एमाले उपाध्यक्ष पौडेलले अघि भनेका छन्, ‘बजेट पढ्दा पेपरका रेल र पानीजहाज उत्पादन कारखाना बन्द हुने भएछन्, खुसी लाग्यो ।’

साना पूर्वाधार आयोजना तल पठाउँदा आयोजना केन्द्रले छान्न खोनिएको भन्दै उनले यो वित्तीय संघीयताको ठाडो बर्खिलाप भएको बताए । केन्द्रबाट लादिएका त्यस्ता कार्यक्रम कार्यान्वयन नहुँदा स्रोतको दोहन मात्र हुने उनको भनाइ छ ।

ज्यादै वितरणमुखी कार्यक्रम ल्याउने अर्थमन्त्रीले सामाजिक सुरक्षा भत्ता भने ५ हजार कि नपुर्‍याएको भनेर प्रश्न गरे । २०७४ को चुनावमा एमाले र माओवादीले बनाएको संयुक्त घोषणा पत्रमा ५ हजार बृद्धभत्ता दिने बाचा गरेको स्मरण गराउँदै उनले अर्थमन्त्रीलाई प्रश्न गरे, ‘आफ्नै बाचा बिर्सिनु भएको हो ?’

सरकारले क१५ प्रतिशत तलव वृद्धि रेपनि प्रगतिशिल प्रणाली लागु गर्न नसकिएको उनले बताए । पुँजिगत लाभकर बढाउँदा कमजोर आय भएका नागरिकलाई असर पर्ने उनले बताए । समग्रमा बजेटले अर्थतन्त्रलाई अधोगतीमा लैजाने र संकटमा धकेल्ने उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक