2026-06-20 01:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भोट बटुल्ने उद्देश्यले बजेट ल्याइयो : पूर्वअर्थमन्त्री पौडेल

जेठ १७, काठमाडौँ | पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य आधारहीन भएको बताएका छन् ।

आगामी आव २०७९/८० को बजेटमाथि प्रतिनिधिसभामा मंगलबारबाटसुरु भएको सैद्धान्तिक छलफलका क्रममा भाग लिंदै पूर्वअर्थमन्त्री पौडेलले आगामी आवमा ५ प्रतिशत भन्दा माथि आर्थिक वृद्धि हुने आधार नभएको दाबी गरे ।


आगामी मंसिरमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएकाले यो चुनावी सरकार भएको उनले बताए । तर सरकारले त्यसलाई बिर्सिएर पूर्ण अवधिको सरकारको जस्तै बजेट प्रस्तुत गरेको भन्दै उनले आलोचना गरे । ‘यो बजेट नभएर, चुनावी प्रचार जस्तो छ, भोट बटुल्ने उद्देश्यले आएको छ, मतदाता रिजाउने गरी आएको छ, यसले बजेटको मर्ममा प्रहार गरेको छ,’ उनले भने ।

वर्तमान सरकार बनेयता प्रतिदिन आर्थिक परिसूचक नकारात्मक बनेको भन्दै उनले आगामी आवमा परिस्थिति अझ जटिल बन्न सक्ने बताए । तर सरकारको बजेट कल्पनामा विचरण गरिएको भन्दै पूर्वअर्थान्त्री पौडेलले भने, ‘साधारण खर्च बढाइएको छ, पुँजीगत खर्च घटाइएको छ, बजेटको मूख्य लक्ष्य नै नेपाली जनता र दातृ संस्थालाई झुक्याउने गरी आएको छ ।’

सरकारले वार्षिक ८ लाख नेपालीलाई गरिबीबाट माथि उठाउने घोषणासमेत आधारहिन रहेको उनले बताए । ‘आम नेपालीको आम्दानी नबढ्ने र महंगी बढ्दा कसरी गरिबी निवारण हुन्छ ?’ उनले प्रश्न गरे । निर्यातबारे यथार्थ मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्दै उनले आयात घटाउँदा उपभोग वा पुँजीगत आयात के घटाउने हो भन्ने बजेटमा स्पष्ट नभएको बताएका छन् ।

बजेटले कृषिलाई आत्मनिर्भर बनाउने राष्ट्रिय संकल्प त्यागेको भन्दै उनले कृषि क्षेत्रको आयात कम हुने नीति नआएको बताए । बजेटका प्राथमिकता र उद्देश्य शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रले प्राथमिकता नपाएको उल्लेख गरे । उद्देश्य र प्राथमिकताबीच संगती नभएको भन्दै बजेट निबन्ध जस्तो मात्र भएको बताए । कार्यक्रम र योजना व्यक्ति र समूह विशेषलाई लक्षित गरेर आएको देखिने उनको भनाइ छ । बजेट सुख्खा जमिनको घस्रिन खोजेको चिप्लेकिरो जस्तो मात्र भएको र समृद्धिको राष्ट्रिय संकल्पबाट टाढिएको बताए ।

वित्त क्षमताभन्दा बढी खर्च भएको र स्रोत जुट्ने विश्वसनीय आधार बजेटमा नपाएको उनले बताए । आगामी आवमा विकास खर्चको वाषिर्क अनुमान अनुरुप स्रोत परिचालन हुन नसक्ने उनको दाबी छ । लगानी घटाएर चमत्कारको दावी गरिएको र काल्पनिक कार्यक्रम आएको भन्दै एमाले सांसद एवं पूर्वअर्थमन्त्री पौडेलले निवन्धरुपी बजेटले डेलिभरी दिन नसक्ने बताए ।

चतरा-सगरमाथा द्रुतमार्ग बनाउने बजेट घोषणालाई काल्पनिक आयोजनाको संज्ञा दिएका पौडेलले चितवन-काठमाडौं द्रुतमार्ग बनाउनैपर्ने भनेर व्यंग्य गरे । एमाले उपाध्यक्ष पौडेलले अघि भनेका छन्, ‘बजेट पढ्दा पेपरका रेल र पानीजहाज उत्पादन कारखाना बन्द हुने भएछन्, खुसी लाग्यो ।’

साना पूर्वाधार आयोजना तल पठाउँदा आयोजना केन्द्रले छान्न खोनिएको भन्दै उनले यो वित्तीय संघीयताको ठाडो बर्खिलाप भएको बताए । केन्द्रबाट लादिएका त्यस्ता कार्यक्रम कार्यान्वयन नहुँदा स्रोतको दोहन मात्र हुने उनको भनाइ छ ।

ज्यादै वितरणमुखी कार्यक्रम ल्याउने अर्थमन्त्रीले सामाजिक सुरक्षा भत्ता भने ५ हजार कि नपुर्‍याएको भनेर प्रश्न गरे । २०७४ को चुनावमा एमाले र माओवादीले बनाएको संयुक्त घोषणा पत्रमा ५ हजार बृद्धभत्ता दिने बाचा गरेको स्मरण गराउँदै उनले अर्थमन्त्रीलाई प्रश्न गरे, ‘आफ्नै बाचा बिर्सिनु भएको हो ?’

सरकारले क१५ प्रतिशत तलव वृद्धि रेपनि प्रगतिशिल प्रणाली लागु गर्न नसकिएको उनले बताए । पुँजिगत लाभकर बढाउँदा कमजोर आय भएका नागरिकलाई असर पर्ने उनले बताए । समग्रमा बजेटले अर्थतन्त्रलाई अधोगतीमा लैजाने र संकटमा धकेल्ने उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ