१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन् २०१० यता नेपालमा आठ वटा विमान दुर्घटना, १८८ जनाको मृत्यु

१७ जेष्ठ २०७९, मंगलवार ०७:२७

जेठ १७, काठमाडौँ | आइतबार बिहान पोखरादेखि जोमसोमका लागि उडेको तारा एअरको विमान दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। विमानमा रहेका १९ यात्रु र तीन चालक दलका सदस्य सबैको मृत्यु भएको हो। पछिल्लो १२ वर्षमा नेपालमा भएको यो आठौं विमान दुर्घटना हो।

तारा एयरको उक्त विमानबाहेक सन् २०१० यता नेपालमा सात वटा विमान दुर्घटना भएका थिए। ती दुर्घटनामा १६६ यात्रुको मृत्यु भएको छ। 

हिमालको देश भनेर चिनिने नेपालमा विमान दुर्घटनाका घटना बारम्बार हुने गरेको छ। खराब मौसम र पहाड हुँदै जाने अप्ठ्यारो हवाइ मार्ग तथा खोँचका कारण बारम्बार विमान दुर्घटना हुने गरेको हो। 

यूएस बंगला दुर्घटना

सन् २०१८ मार्च १२ तारिखमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बंगला एअरलाइन्सको विमान दुर्घटना भएको थियो। 

यो विमान ढाकाबाट उडेर काठमाडौंमा अवतरण गर्दै थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको थियो। विमानमा ७१ जना सवार थिए।

तारा एयरको अर्को विमान दुर्घटना

यो विमान २४ फेब्रुअरी २०१६ मा  दुर्घटना भएको थियो। पोखराबाट जोमसोमका लागि उडेको विमान ८ मिनेटपछि बेपत्ता भएको थियो। यसपछि विमानको भग्नावशेष नजिकैको गाउँमा भेटिएको थियो। विमानमा २३ जना सवार थिए। उनीहरु सबैको मृत्यु भएको थियो।

सीता एअरको विमान दुर्घटना

सन् २०१२ मा भएको यो विमान दुर्घटनामा १९ जनाको मृत्यु भएको थियो। विमान काठमाडौंबाट उडेको थियो।

तर, प्राविधिक समस्याका कारण आकस्मिक अवतरण गरिएको थियो। यही क्रममा विमान दुर्घटना भएको थियो र सबै यात्रुको मृत्यु भएको थियो।

अग्नि एअरको विमान दुर्घटना

सन् २०१२ मै अग्नि एयरको डोर्नियर २२८ विमान दुर्घटना भएको थियो। पोखराबाट जोमसोमको लागि उडेको विमान जोमसोम विमानस्थलमा पुग्नेवित्तिकै दुर्घटना भएको थियो। उक्त विमानमा २१ जना सवार थिए। दुर्घटनामा पाइलटसहित १५ यात्रुको मृत्यु भएको थियो।

बुद्ध एअरको विमान दुर्घटना

२५ सेप्टेम्बर २०११ मा बुद्ध एअरको विमान दुर्घटना भएको थियो। विमानमा सवार सबै २२ जनाको ज्यान गएको थियो। जसमा १० भारतीय नागरिक थिए।

तारा एअरको अर्को दुर्घटना

१५ डिसेम्बर २०१० मा तारा एअरको विमान उडान भरेको केही समयपछि दुर्घटना भएको थियो। चालक दलका तीन सदस्यहरूसहित विमानमा सवार सबै २२ जनाको मृत्यु भएको थियो।

अग्नि एअर दुर्घटना

२०१० मै अग्नि एयरको फ्लाइट १०१ को विमान सम्पर्कविहीन भएको थियो। सम्पर्कविहीन विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। काठमाडौंबाट उडेको विमान २२ मिनेटपछि दुर्घटना भएको थियो। जहाजमा सवार सबै १४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक