१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रिपरिषद् पुनर्गठनको चर्चा : के भन्छन् गठबन्धन घटकका नेताहरु ?

१७ जेष्ठ २०७९, मंगलवार ०८:०३

जेठ १७, काठमाडौँ | गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन अघि मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको थियो । त्यतिबेला नेताहरुले स्थानीय निर्वाचन लगत्तै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका थिए । चुनाव सकिएर जनप्रतिनिधिले शपथसमेत लिइसकेका छन् । त्यसैले मन्त्रिपरिषद् पुनर्गठनबारे चासो बढ्नु स्वाभाविक हो । तर, गठबन्धन घटकका नेताहरुले मन्त्रिपरिषद् पुनगर्ठनका विषयमा अहिले आ–आफ्नै तर्क गर्न थालेका छन् ।

नेकपा माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्य शक्तिबहादुर बस्नेतले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । ‘अब कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको चुनाव गर्नु छ । त्यो भनेको यस्तै ५/६ महिनामात्रै बाँकी छ,’ रातोपाटीसँग कुरा गर्दै बस्नेतले भने, ‘मलाई लाग्छ अब मन्त्री हेरफेर हुँदैन होला । यही सेट नै अघि बढ्न सक्छ ।’


गठबन्धन दलको सरकार भएकाले मन्त्रिपरिषद् पुनर्गठन गरौं भन्ने भएमा हुन पनि सक्ने बस्नेतले बताए । यद्यपि चुनावपछि मन्त्रिपरिषद् हेरफेरका विषयमा कतै चर्चा भने नभएको उनले बताए । यस्तै, नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले मन्त्री हेरफेरका विषयमा चर्चा नै नभएको दाबी गरे । ‘अहिलेसम्म मन्त्री हेरफेरका विषयमा गठबन्धन वा पार्टीभित्र कतै चर्चा भएको छैन,’ भुसालले भने, ‘यदि गठबन्धनमा सहमति भएमा हेरफेर हुन/नहुन पनि सक्छ । अहिलै भन्न सकिएन ।’

तर, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य मेटमणि चौधरीले मन्त्रिपरिषद् हेरफेर गर्ने विषयमा छलछल भइरहेको दाबी गरे । ‘गठबन्धन र पार्टीभित्रै मन्त्री हेरफेरको चर्चा भइरहेको छ,’ चौधरीले भने, ‘कहिले र कसरी मन्त्री हेरफेर गर्ने भन्ने टुङ्गो लागेको छैन । यो महिनाभित्रै मन्त्री हेरफेर हुन्छ ।’

जनता समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले मन्त्रिपरिषद् हेरफेरका विषयमा कुनै जानकारी नभएको बताए । ‘स्थानीय चुनावमा आफ्नै क्षेत्रमा थिएँ । बल्ल काठमाडौं आएँ, के हुन्छ भन्ने बुझेरमात्रै भन्न सक्छु,’ राईले भने ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा मन्त्रिपरिषद् हेरफेरका विषयमा छलफल नभएको काँग्रेस उपभापति पूर्णबहादुर खड्काले बताए । स्थानीय चुनावको समीक्षा, जिल्ला समन्वय समितिमा मिलेर जाने विषयमा छलफल भए पनि मन्त्री हेरफेरको विषयमा प्रवेश नै नभएको खड्काले बताए ।

यही गठबन्धन प्रदेश र संघको चुनावसम्म लग्ने विषयमा छलफल भएको र गठबन्धन सरकारले कात्तिक अन्तिम वा मंसिर पहिलो साता प्रदेश र संघको निर्वाचन गर्ने विषयमा भने छलफल भएको स्रोतले जनाएको छ । यद्यपि, निर्वाचनबारे ठोस निर्णय भने भइनसकेको स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक