१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अर्थमन्त्रीलाई गगनको प्रश्न- कुन तथ्यांकमा आधारित रहेर बजेटको आकार बढाउनुभयो ?

१९ जेष्ठ २०७९, बिहीबार ०८:०९

जेठ १९, काठमाडौँ | कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले आगामी आर्थिक वर्षको बजेट निर्माणसहितका विषयमा अर्थमन्त्री जनार्दन शर्मासँग प्रश्न गरेका छन् । 

गत आइतबार अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९÷०८० को १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट संघीय संसदमा प्रस्तुत गरेका थिए ।

गत मंगलबारबाट संघीय संसदको दुवै सदनमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भइरहेको छ । 

सोही छलफलमा बिहीबार सहभागी हुँदै थापाले बजेटको आकार तथा स्रोत व्यवस्थापनसहितका विषयमा अर्थमन्त्री शर्मासँग प्रश्न गरेका हुन् ।

 

उनले २० प्रतिशत बजेटको आकार वृद्धि गर्दा कुन तथ्य र तथ्यांकमा आधारित रहेर बढाइएको भन्दै प्रश्न गरेका छन् । साथै राजश्व २० प्रतिशत बढाउने लक्ष्यप्रति प्रश्न गर्दै उनले भने, ‘अर्थतन्त्र सात प्रतिशत बढ्दै गर्दा राजश्व वृद्धि २० प्रतिशतभन्दा बढी कसरी बढ्छ ?'

स्रोत व्यवस्थापन र क्षमता अभिवृद्धि गर्ने विषयमा जिज्ञासा राख्दै उनले २० प्रतिशत राजश्व वृद्धि गर्नेगरी कुन तथ्य, तथ्यांक, प्रमाणमा आधारित रहेर बजेटको आकार बढाइएको हो, यसबारे आफूलाई जानकारी गराउन अर्थमन्त्री शर्मासँग माग गरे । 

साथै कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने गरी बजेट ल्याएको अर्थमन्त्री शर्मालाई धन्यवाद पनि दिएका थापाले प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गर्दा सम्बन्धित् पक्षसँग संवाद नगरेको पनि असन्तुष्टि व्यक्त गरे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक