१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिसडोल पुगेर बालेनले भने– केमिकल हालेर एक हप्तामा दुर्गन्ध हटाइन्छ

२० जेष्ठ २०७९, शुक्रबार ०६:३५

जेठ २०, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोलले आज काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थान नुवाकोटको सिसडोलको अवलोकन गरेका छन् । स्थानीयको समस्या र गुनासा सुनेपछि मेयर साहले तत्कालको लागि केमिकल राखेर गन्ध हटाउने उपाय अपनाउने आश्वासन दिए ।

केमिकल हालिसकेपछि गन्ध हराउन एक हप्ता लाग्ने उल्लेख गर्दै उनले भने, ‘एक हप्तामा गन्ध नआउने बनाउन सकिन्छ । हाल्नलाई यहाँ केमिकल आउनुपर्‍यो है फेरि । केमिकल आउन ट्रक रोक्न भएन है ।’

उनले फोहोरबाट मल बनाउने अर्को एउटा सिस्टम राख्ने र ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि सुनाए । यी सबै काम गर्न तीन–चार महिना लाग्नसक्ने उनले बताए ।


उनले सड्ने र नसड्ने फोहोर छुट्टयाएर विसर्जन गर्ने व्यवस्था मिलाउने र त्यसका लागि जनचेतना जगाउने काम गर्ने पनि बताए । ‘मान्छेले पाँच मिनेट फोहोर नछुट्टाइदिएर मान्छे मरिरहेको छ भन्ने कुरा त फिल हुनुपर्‍यो नि त,’ उनले भने ।

स्थानीय जनप्रतिनिधि र नागरिक अगुवाहरूले आफूहरुले स्वस्थ्य वातावरणमा बस्न पाउनुपर्‍यो भनेर माग गर्दै प्रहरी प्रशासन लगाएर दमन गरिएको गुनासो गरेका थिए । मानव र फोहोर एकै ठाउँमा बस्न नसक्ने भएकाले फोहोर वा स्थानीयको उचित व्यवस्थापन हुनुपर्ने माग उनीहरुले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक