१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्छ’- बाइडेन

२० जेष्ठ २०७९, शुक्रबार ०९:०४

जेठ २०, वासिङ्टन | संयुक्त राज्य अमेरिकामा बन्दुक हिंसा बढेकामा गम्भीर चिन्ता व्यक्त गर्दै राष्ट्रपति जो बाइडेनले बालबालिका र परिवारको सुरक्षाको लागि घातक हतियार प्रतिबन्धित गर्नुपर्ने बताएका छन् । 

यदि त्यसो गर्न नसकिए हतियार खरिदको न्यूनतम उमेर २१ वर्ष पुर्‍याउनुपर्नेमा उनले जोड दिएका छन् । हाल अमेरिकामा १८ वर्षका जोकोहीले हतियार खरिद गर्न पाउने कानुनी प्रावधान छ । “हामीले घातक हतियारमा प्रतिबन्ध लगाउन आवश्यक छ । 

… यदि हामी त्यसो गर्न सक्दैनौं भने २१ वर्ष नपुगकालाई हतियार बेच्न हुँदैन,” हालै टेक्सासको उभल्देस्थित रोब प्राथमिक विद्यालयमा भएको गोलाबारीमा १९ बालबालिकासहित कैयौँको मृत्यु भएको सन्दर्भमा अमेरिकी राष्ट्रपतिले हतियारमा प्रतिबन्ध लगाउन र त्यसो गर्न नसकिए खरिदको उमेर बढाउनुपर्नेमा जोड दिँदै भने । 

बालबालिका र परिवारको सुरक्षाका साथै समुदायको रक्षाका लागि त्यसो गर्न जरुरी भएको उल्लेख गर्दै राष्ट्रपतिले कसैको बन्दुक खोस्ने नभएको स्पष्ट गरे । भयरहित वातावरणमा विद्यालय, किराना पसल, गिर्जाघर जतासुकै स्वच्छन्द रुपमा जान पाउने अधिकार र स्वतन्त्रताको रक्षाका लागि बन्दुक खरिदको न्यूनतम उमेर बढाउनुपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक