भदौ २०, काठमाडौं | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सरकारमा पार्टीको कोटाबाट मन्त्री नियुक्ति गरिसकेका छन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सरकारमा पार्टीको कोटाबाट मन्त्री नियुक्ति गरिसकेका छन"/>
२५ मंसिर २०८२, बुधबार
काठमाडौँ - KTM

यी हुन्, मन्त्री नबनाए आत्महत्याको धम्की दिने माओवादी संसद

२० भाद्र २०७३, सोमबार ०१:५७

भदौ २०, काठमाडौं | प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो सरकारमा पार्टीको कोटाबाट मन्त्री नियुक्ति गरिसकेका छन् । पार्टीको भागमा परेका ८ मन्त्रीको नियुक्ति गरिसकेकाले अब प्रचण्डसँग चाहेर पनि पार्टीका कुनै सांसद्लाई मन्त्री बनाउने ल्याकत छैन । तर, यो सत्य बुझ्दा–बुझ्दै पनि प्रचण्डसमक्ष मन्त्री पद माग्दै बालुवाटार धाउने क्रम अझै रोकिएको छैन । केही दिनअघि माओवादीका मन्त्रीका अतिश्योक्ति एक आकांक्षीले मन्त्री नबनाए बालुवाटारमै आत्महत्या गर्ने धम्की प्रधानमन्त्री प्रचण्डलाई दिएको चर्चाले माओवादी केन्द्रको हेर्डक्वार्टरका साथै बालुवाटार समेत बेस्सरी गर्माएको छ । 

माओवादीले आफ्नो भागमा परेको मन्त्री नियुक्ति गरिसकेको केही दिनपछि बालुवाटार पुगेर यसरी आत्महत्याको धम्की दिने अरु कोही नभएर सल्यान क्षेत्र नम्बर १ का माओवादी सांसद् टेकबहादुर बस्नेत हुन् । बालुवाटारमा आफ्नो कुरा राख्न पुगेका बस्नेतले ‘रुकुम रोल्पालाई दुईवटा मन्त्री दिने, हामीलाई किन नदिने ?’ भन्दै प्रचण्डसँग गुनासो सुरु गरेका बस्नतेले अन्तिममा रुँदै आत्महत्याको धम्की नै दिएको चर्चा माओवादी सांसद्बीच चलेको छ । ‘महराको पछि लाग्दा पनि कहिल्यै मन्त्री हुन पाइएन । जनार्दन शर्माले त सधैं बाटो छेकिरहे,’ बस्नेतको भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘दुई–दुईपटक सभासद् भए पनि मन्त्री बनाइएन । उमेर पनि ढल्कियो, योपटक जसरी पनि मन्त्री बनाउनु पर्छ । होइन भने यही बालुवाटारमा पासो लाएर आत्महत्या गर्छु ।’

बस्नेतको यस्तो धम्कीबाट आश्चर्यचकित भएका प्रचण्डले बनाउन मन भए पनि ठाउँ नभएको भन्दै आफ्नो बाध्यता बुझिदिन र अर्कोपटक पुनर्गठन गर्दा जसरी पनि पार्ने ढाढस दिएका थिए । यद्यपि, उनले अहिल्यै बनाउनुपर्ने, नभए आत्महत्या गर्ने लिडेढिपी गरेपछि प्रचण्डलाई सम्झाउन नै सकस परेको बताइन्छ । काँतर स्वभावका रुपमा चिनिने बस्नेतले माओवादी जनयुद्धकालमा सेना–प्रहरीको निसानामा पर्ने डरले फरिया, चोलो र चष्मा लगाएर हिँड्ने गरेको किस्सा निकालेर अहिले पनि नेता–कार्यकर्ताले हँसिमजाक गर्ने गरेका छन् ।

बस्नेतको छुट्टै भेला 

उता, असफल पूर्वगृहमन्त्री एवं माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत मन्त्रीबाट मुक्त भएसँगै गुटबन्दीमा लागेका छन् । ६ नम्बर प्रदेशको इञ्चार्ज भएका बस्नेतले केही दिनअघि मात्रै टेकबहादुर बस्नेत, खेलकुद मन्त्री दलजीत श्रीपाइलीलगायत नेतालाई पार्टी नीतिविपरीत भेला गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो