2026-09-12 07:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

फाल्गुनन्द गाउँपालिकाले कृषी तथा सडकलाई मुख्य प्राथमिकतामा राख्ने

कमल घिमिरे । जेठ २२ । पाँचथर, पाँचथरको फाल्गुनन्द गाउँपालिकाले आगामी आर्थिक वर्षमा आधारभुत आवश्यकतालाई मुख्य प्राथमिकतामा राखेर वजेट विनियोजन गर्ने भएको छ । 

पालिकामा अझै पनी मुख्य समस्या आधारभुत आवश्यकता नै भएकोले कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य, सञ्चार तथा सडकलाई मुख्य प्राथमिकतामा राखेर वजेटको योजना बनाइने गाउँपालिकाका अध्यक्ष वृजहाङ आङदेम्बेले जानकारी दिनुभयो । 

फाल्गुनन्द गाउँपालिका कृषिमा सम्भावना भएको पालिका हो । कृषिलाई उच्च प्राथमिकतामा राखेर कृषिजन्य वस्तुहरुको उत्पादन देखी बजारीकरण गर्ने सम्मका लागी विशेष योजना ल्याउने पालिकाले जनाएको छ । पालिकामा कोल्ड स्टोर निर्माण गर्न  सम्झौता चरणमा गइसकेको र यही वर्षमा ठेक्का सुरु हुन सक्ने बताइएको छ । पालिकाको ७ वटै वडामा त्यहाँ उत्पादन हुने अकबरे खुर्सानी, किवी, चिया लगायतको कृषिजन्य वस्तुहरुको उत्पादन र बजारीकरण गर्न विशेष योजना ल्याइने प्रतिवद्धता गरेको छ । 

यस्तै सडकलाई बाह्रै महिना सञ्चालन हुने गरी लागी पर्ने, पालिकाको केन्द्र र मेची राजमार्गलाई जोड्ने मुख्य सडकहरुलाई स्तरउन्नती गरिने, धार्मिक तथा पर्यटकीय स्थलहरुलाई प्रवर्धन गरिने, वैकल्पिक उर्जालाई प्राथमिकता दिइने पालिकाले जनाएको छ । फाल्गुनन्द गाउँपालिकाको इतिहास बोकेको सेहोनाम्लाङ( छाला सुकुवा)मा इतिहास झल्किने पार्क निर्माण गरी पर्यटकहरुको आकर्षण गराउने योजना रहेको प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकले जानकारी दिनुभयो । 

 फालगुनन्द गाउँपालिकाको सहयोग र  नेपाल पत्रकार महासंघ पाँचथर शाखाको आयोजनामा जनप्रतिनिधिहरु सँग अन्तरक्रिया कार्यक्रममा पालिकाको विद्यमान अवस्था र आगामी योजनाको बारेमा छलफल भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस