१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीले पाँच मन्त्री फिर्ता बोलाउँदा कानूनमन्त्री किन फिर्ता भएनन् ?

२२ जेष्ठ २०७९, आईतवार १०:४४

जेठ २२, काठमाडौँ | एकीकृत समाजवादीले कानूनमन्त्री गोविन्द बन्दीबाहेक सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी गरेको छ ।

पार्टीका तर्फबाट सरकारमा सहभागी भएकाहरुको ६ महिनाभन्दा बढि समय व्यतित गरेकाहरुलाई तत्कालै फिर्ता बोलाउनेगरि एकीकृत समाजवादीले गृहकार्य थालेको छ ।

मन्त्री फेरबदल बारेमा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधार भन्छन् -‘६ महिनाका लागि भनेर मन्त्री पठाइएको हो तर अहिले ६ महिना भन्दा बढी समय भइसकेको छ । त्यसैले उहाँहरुको पनि समीक्षा गर्न आवश्यक छ ।’

त्यस्तै तुलाधरका अनुसार मन्त्री हेरफेरको निर्णयलाई मन्त्रीहरुले मान्नु पर्छ । पार्टीले आवश्यक ठानेको व्यक्ति मन्त्रीको रुपमा रहने कुरा पहिले मन्त्री भइसकेका र अब हुने मन्त्री सबैले बुझ्नु आवश्यक छ । यसलाई स्वभाविक रुपमा लिनु पर्छ ।

पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागी भएकाहरुलाई फिर्ता बोलाउने तयारी भएको बताएका छन् ।

अहिले एकीकृत समाजवादीबाट पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रममन्त्रीमा कृष्णकुमार श्रेष्ठ छन् । त्यस्तै, स्वास्थ्य राज्यमन्त्रीमा भने भवानी खापुङ छन् ।

उनीहरुलाई फिर्ता बोलाएर नयाँ सेट पठाउने पार्टीको तयारी रहेको खनालको भनाई छ ।

बन्दी भने स्वतन्त्रबाट मन्त्री बनेका हुन् । उनी हालै मन्त्री बनेका हुन् । सांसद नरहेका स्वतन्त्र व्यक्ति ६ महिनासम्म मन्त्री बन्नसक्ने संवैधानिक प्रावधान छ ।

त्यस्तै,एकीकृत समाजवादी मन्त्री हेरफेर सम्बन्धि निर्णय गरे लगतै मन्त्री आले र खतिवडा आफ्नो राजीनामा रोक्न पार्टी कार्यालय पुगेका छन् । उनीहरु अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफ्नो राजीनामा रोक्न पार्टी कार्यालय पुगेका हुन् ।

अहिले खतिवडा र आलेसहित नेपाल र महासचिव बेदुराम भुसाल छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक