१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकीकृत समाजवादीले हटाउने भनेका मन्त्रीलाई काममा फर्कन देउवाको निर्देशन, माधव नेपाल तनावमा !

२३ जेष्ठ २०७९, सोमबार ०८:४०

जेठ २३, काठमाडौं | नेकपा (एकीकृत समाजवादी) ले फिर्ता बोलाउने भनेका मन्त्रीहरुलाई काममा फर्कन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् । हिजोमात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पार्टीको निर्णयअनुसार अहिले भएका मन्त्रीहरु हटाएर नयाँ मन्त्रीहरु बनाउनेगरि नाम लिएर बालुवाटार पुगेका थिए ।

तर, प्रधानमन्त्री देउवा भने माधव नेपालको यस्तो निर्णयबाट असन्तुष्ट सुनिए । उनले हिजै माधव नेपाललाई अहिले मन्त्रीहरु हटाउने काम गर्न नहुने धारणा राखेका थिए । त्यसको भोलिपल्ट आज मन्त्रीहरु नै बालुवाटार पुगेर आफूहरुलाई तत्काल नहटाउन प्रधानमन्त्री देउवासमक्ष आग्रह गरेका थिए । अहिले ती मन्त्रीहरुले पार्टीभित्रै विद्रोहको तयारी थालेका छन् । उनीहरुहरुसहित १८ सांसद एकजुट भएको बुझिएको छ ।


शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्रधानमन्त्री देउवाले आफूहरुलाई काममा फर्कन निर्देशन दिएको सुनाईन् । उनले भनिन्–‘प्रधानमन्त्रीज्यूले बोलाएर हामीलाई काममा फर्कन निर्देशन दिनुभएको छ, हामी काममा फर्किन्छौं । उहाँले बजेट भर्खरै आएको छ, यसबारे उठेका प्रश्नको जवाफ दिनुपर्नेछ, अहिले हटाउने कुरा छैन् भनेर भन्नुभएको छ।’ उनले आफूहरुलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले निर्णय गरेपनि अहिलेसम्म जानकारी नभएको बताईन् ।

मन्त्री बनाउँदा माधव नेपालको प्रशंसा गर्नेहरु अहिले मन्त्रीबाट फिर्ता बोलाउँदा फायर

नेकपा (एकीकृत समाजवादी) ले सरकारमा सहभागी भएका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर, सरकारमा भएका ती मन्त्रीहरु भने पार्टी नेतृत्वप्रति असन्तुष्ट छन् । उनीहरु पार्टीको नेतृत्वलाई चूनौति दिँदै अहिले सरकारबाट फिर्ता नहुने पक्षमा उभिएका छन् ।

आज विहानमात्रै उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफूहरुलाई नहटाउन आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा पनि अहिले मन्त्रीहरु हेरफेर गर्ने पक्षमा देखिएका छैनन् । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले भने तत्काल पार्टीले सिफारिश गरेबमोजिम मन्त्रीहरु हेरफेर नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिनेसम्मको चेतावनी दिएका छन् । प्रधानमन्त्री देउवा पनि अहिले दबाबमा छन् ।

केही मन्त्रीले पार्टीको निर्णय आफूहरुले मान्ने भन्दै सरकारबाट फिर्ता हुन तयार रहेको प्रतिक्रिया दिएका थिए । तर, एक दिन नबित्दै उनीहरु तत्काल सरकारबाट नबाहिरिने पक्षमा पुगेका छन् । उनीहरु अध्यक्ष माधव नेपालसँग आक्रोशित छन् । आफूहरुसँग कुनै सल्लाह नै नगरिकन सरकारबाट फिर्ता बोलाउने निर्णय गरेकोमा उनीहरु नेतृत्वसँग असन्तुष्ट बनेका हुन् । मन्त्री बनाउँदा खुशी भएर अध्यक्ष नेपालको गुणगाण गर्नेहरु अहिले उनै नेपालसँग भने फायर बनेका छन् । उनीहरु उस्तै परे विद्रोह गर्नेसम्मको तयारीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक