१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोहम्मदबारे भाजपा नेताले गरेको टिप्पणी मोदीलाई महंगो साबित, १५ देशसँग कूटनीतिक विवादमा सरकार

२४ जेष्ठ २०७९, मंगलवार ०५:०३

जेठ २४, नयाँ दिल्ली | एजेन्सी | सत्तारुढ दलका दुई नेताले मुस्लिम धर्मगुरु पैगम्बर मोहम्मदको अपमान गरेको आरोप लागेपछि भारत सरकार खाडी देशसँग कूटनीतिक विवादमा फसेको छ । उनीहरूको टिप्पणीलाई लिएर मध्येपूर्वमा विरोध भएपछि सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन गरेको छ भने दिल्ली मिडिया प्रमुख नवीन कुमार जिन्दललाई निष्कासन गरेको छ । 

इरान, इराक, कुवेत, कतार, साउदी अरेबिया, ओमान, युएई, इरान, जोर्डन, अफगानिस्तान, बहराइन, माल्दिभ्स, लिबिया र इन्डोनेसियालगायत कम्तीमा १५ देशले विवादास्पद टिप्पणीलाई लिएर भारत विरुद्ध आधिकारिक विरोध जनाएका छन् । ती देशले टिप्पणीलाई ‘अपमानजनक’ भनेका छन् । 

ती देशहरूले पैगम्बर मुहम्मदको अपमानको निन्दा  गर्दै सरकारले माफी माग्नुपर्ने माग गरेका छन् ।

१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा शर्माले मुस्लिम पूजा र पैगम्बर मोहम्मदको बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् । उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला  भाजपाका अर्का नेता जिन्दलले पैगम्बरबारे विवादास्पद ट्वीट गरेका थिए । 

यसैबीच, विपक्षी दलहरूले दुई भाजपा नेताविरुद्ध कानुनी कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय स्तरमा देशको छवि बिगारेको उनीहरूले आरोप लगाएका छन् ।

खाडी देशमा विरोध चर्किएपछि भारतको परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आपत्तिजनक ट्वीट र टिप्पणीले ‘कुनै पनि हिसाबले सरकारको विचारलाई प्रतिबिम्बित नगर्ने’ जनाएको छ । 

यसैबीच, विवादास्पद टिप्पणी गरेको भन्दै भाजपाले पार्टी प्रवक्ता नुपुर शर्मालाई निलम्बन र नवीन जिन्दललाई निष्कासन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक