2026-06-19 03:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको माग गर्दै निजगढमा रिले अनसन

जेठ २५, बारा | सर्वोच्च अदालतले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न रोक लगाएको विरोधमा बाराको निजगढ नगरपालिकास्थित सहिद चोकमा मंगलबारबाट सुरु भएको रिले अनसन दोस्राे दिन बुधबार पनि जारी छ ।

निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरूले विमानस्थल निर्माण नगर्ने अदालतको फैसला पुनरावलोकन हुनुपर्ने माग गर्दै निजगढमा रिले अनसन सुरु गरेका हुन् । 

फैसलाको विरोधमा १४ दिनदेखि सडकमा चक्काजाम र धर्ना दिँदै आएको सरोकार समिति र युवा विद्यार्थीहरूले मंगलबारको पूर्वनिर्धारित कार्यक्रमअनुसार राजमार्गमा धर्ना र चक्काजाम गरेपछि साँझ ५ बजेबाट रिले अनसन सुरु गरेका हुन् । 

धर्नामा सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठ, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लीलादेवी लामिछाने, पद्मबहादुर भण्डारी, भोलाप्रसाद गौतम, कृष्ण खरेल, बासुदेव तिमल्सिना, खडकप्रसाद उप्रेती, मोजहर मन्सुर, गोपाल लम्साल, चण्डिका उप्रेती, भीमप्रसाद सापकोटा, लक्ष्मी गौतम, जोसीमाया तामाङ, आशा चौलागाईलगायत १५ जना छन् । 

धर्नाकारीहरूले अन्न नखाइ २४ घन्टासम्म पालैपाले अनसन बस्ने समितिका निजगढ सार्वजनिक सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । उनले विमानस्थल निर्माण गराउन सडक र संसदीय आन्दोलनलाई पनि सँगै अघि बढाउने बताए । उनका अनुसार केही दिनभित्र प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गरेर आफ्ना माग पेस गर्न काठमाडाैंमा डेलिगेसन जाने तयारी गरेको पनि जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ गाउँबाट जिल्ला, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो : महावीर पुन मन्त्रालयगत छलफलमा रक्षा मन्त्रीलाई बोलाउन हर्क साम्पाङको माग अफ्ठ्यारो परिस्थितिमा म पार्टी छाडेर हिँड्दिनँ : केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक जारी सुनचाँदीको मूल्य घट्यो