१७ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दक्षिण एसियाकै उत्कृष्ट नेपाली प्रहरीको राजनीतिकरणले साख गिर्‍यो : नवराज सिलवाल

६ असार २०७९, सोमबार ०९:५८

असार ६, काठमाडौं | एमाले सांसद नवराज सिलवालले प्रहरीमाथि हुने राजनीतिककरण अन्त्य हुनुपर्ने बताएका छन् । 

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै उनले नेपाल प्रहरीलाई राजनीतिकरणबाट मुक्त गराउनुपर्ने बताएका हुन् । 

प्रधानमन्त्री प्रहरीको सुरुवा, बढुवामा ध्यान दिनुभन्दा समग्र मुलुकको विकासमा समय खर्चनु उपयुक्त हुने उनको भनाइ छ । 

दक्षिण एसियाकै अनुसन्धान  क्षमता र कार्यसम्पादन दक्षता उत्कृष्ट रहेको नेपाल प्रहरीको साख राजनीतिकरणले गिरेको भन्दै उनले प्रहरीलाई साधनस्रोत सम्पन्न र राजनीतिकरणबाट मुक्त गर्नुपर्ने बताएका हुन् । 

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका सांसद सिलवालले भने, ‘ युएनको एउटा अध्ययनले भनेको छ, सार्कमा सबैभन्दा राम्रो अनुसन्धान गर्न सक्ने क्षमता र दक्षता भएको नेपालको प्रहरी  हो । यो अभिलेखीकरण भएको छ । यस्तो प्रहरीलाई राजनीतिकरण गरिएको छ । मनखुसी बढुवा, सरुवा गरिएको छ । आ–आफ्नो मान्छे चापेको छ । प्रहरीलाई सक्षम र सवल बनाउनुहोस् । प्रधानमन्त्रीले डीएसपी, डीआईजी र आइजी बढुवा गर्नेमा लाग्ने होइन, मुलुकको समृद्धिमा लाग्ने हो ।’ 

गृहमन्त्रीले पनि एउटा व्यक्ति र संस्थाको मात्र होइन समग्र विकासमा लाग्नुपर्ने सिलवालको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपति पौडेल जापान जाने भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल करिब ५०० किलो गाँजासहित नौजना पक्राउ भारतले नेपाललाई चुनावका लागि दियो २ सय ५० भन्दा बढी गाडी नेप्से परिसूचक १७.५३ अंकले घट्यो निर्वाचनसम्बन्धी सूचना प्रवाहमा जिम्मेवार बन्न दल र सञ्चारमाध्यमलाई आयोगको दिर्नेशन गुल्मीमा तीन महिनाको शिशुको हत्या, बाबु पक्राउ दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा सुनको मूल्य ३ लाख ४० हजार नजिक दरबारमार्गमा आगलागी, नियन्त्रणमा लिने प्रयास जारी काठमाडौँसहित देशका प्रमुख सहरमा बुद्ध एयरको उडान प्रभावित आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ