बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँप"/>

2026-06-16 05:08 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कृत, गर्भ रहेपछि सार्वजनिक भयो घटना

असार ७, मोरङ | मोरङ मिक्लाजुङमा बंगुरको चारो खोज्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कार भएको घटना सार्वजनिक भएको छ । ती बालिकाको गर्भ बसेपछि घटना सार्वजनिक भएको हो । 


बलात्कार आरोप लागेका मिक्लाजुङ गाउँपालिका–४ का ४४ वर्षीय छविराज चाम्लिङ राई भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

बालिका अचानक बिरामी परेपछि उपचारका लागि अस्पतालमा लग्दा  गर्भ रहेको खुलेको हो । स्वास्थ्य परीक्षण गराउँदा ४ महिनाको गर्भ रहेको पत्ता लागेको मोरङ प्रहरीले जनाएको छ ।

बंगुरलाई चारो खोज्न बालिका जंगल पुगेका बेला राईले नियन्त्रणमा लिएर २०७८ माघ २६ गते बलात्कार गरेको खुलेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटना बाहिर ल्याएमा र कसैलाई सुनाएमा मारिदिनेसम्मको धम्की दिएको बालिकाले परिवारलाई बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई