असार २१, काठमाडौँ | यती एयरलाइन्सका जहाजमा अब उडानका दौरान मनोरञ्जनात्मक सेवा लिन सकिने भइको छ । आन्तरिक उडानमा पहिलो पटक यतीले यस्तो सेवा दिन लागेको हो । एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न सक्ने भएका छन् ।

इन्फ्लाइट मनोरञ्जनका लागि वायुयान भित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गीत–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्री राखिने भएको हो ।
यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्रीसहित अकासबाटै होटल बुक समेत गर्न सकिने भएको छ । यसमा अनलाइन सपिङको समेत सुविधा हुनेछ । यथाशिघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि कम्पनीले सबै जहाजमा यो सेवा दिने भएको छ ।