2026-09-12 06:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

जंगलमा बेवारिसे अवस्थामा वृद्धको शव फेला

असार २५, खोटाङ | खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ शंखुमा बेवारिसे अवस्थामा वृद्धको शव फेला परेको छ । बाम्राङको शंखुस्थित जंगलमा शनिबार दिउँसो नाम, थर र वतन नखुलेको अन्दाजी ६५/७० वर्षको देखिने मंगोलियन फेसको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । 

सड्न लागिसकेको शव घटनास्थल लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान पुरा गरेर जिल्ला अस्पतालको शव गृहमा लगेर राखिएको छ । 

रातो र कालो रंगको ज्याकेट, पहेँलो र फुस्रो रंगको जम्फर, कालो पेन्ट लगाएको, कम्मरमा कपडाको डोरीले पेन्ट बाँधेको वृद्धको गहुँगोरो अनुहारमा हल्का कपाल, दाह्रीजुँगा फुलेको देखिएको छ । 

उनको उचाइ अन्दाजी ५ फिट ५ इन्च रहेको प्रहरीको अनुमान छ । शव फेला परेको जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थल लास जाँच मुचुल्काको लागि शंखु पुगेको थियो । बेवारिसे शवको पहिचान भए वा आफन्तको भए सम्पर्क गर्न प्रहरीले आव्हान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस