2026-10-21 12:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

१४ वर्षीया बालिकामाथि रातभरी बलात्कार,भोलिपल्ट जंगलको ओढारमा भेटिइन्

काठमाडौँ | अघिल्लो सोमबार (साउन १९ गते) खोटाङको केपिलासगढी गाउँपालिकामा रहेको एक विद्यालयबाट घर फर्किँदै गरेकी १४ वर्षीया बालिका साँझ अबेरसम्म पनि घर आइपुगिनन्। अभिभावकले खोजी गर्न थाले। रातैभरि उनको केही सुराक भेटिएन। अभिभावक, गाउँले र शिक्षकहरूले पनि उनको खोजीमा सहयोग गरे। कतै फेला परिनन्।

भोलिपल्ट अर्थात् साउन २० गते मंगलबार उनी स्कुलबाट फर्कने बाटोमै रहेको जंगलको एउटा ओढारमा भेटिइन्। त्यसपछि बालिकाले जे सुनाइन्, त्यो सबैका लागि अत्याउने खबर थियो।

‘विद्यालयबाट फर्कने क्रममा उनीभन्दा केही सिनियर दुई जनाले बाटो छेकेर जंगलमा पुर्‍याएर जबरजस्ती करणी गरेको बालिकाले बयान दिएकी छन्,’ खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले भने, ‘पीडित बालिकाले आफूमाथि दुई जनाले रातैभरि जबरजस्ती गरेको बताएकी छन्।’

लगत्तै प्रहरीले आरोपीहरूको खोजी थालेको तर एक साता बित्दासम्म पनि फेला नपरेको प्रहरी निरीक्षक मिश्रले बताएका छन्। ‘आरोपितहरू पीडितभन्दा थोरै सिनियरहरू हुन् भन्ने खुलेको छ’, मिश्रले सोमबार भने, ‘खोजी जारी रहे पनि फेला परेका छैनन्।’

केपिलासगढीस्थित एउटा विद्यालयमा कक्षा ८ मा पढिरहेकी बालिकालाई ती दुई जनाले बाटो छेकेर जंगलतिर लगेका थिए। घटनाको दिनयता ती बालिका विद्यालय आउन नसकेको उनका एक शिक्षकले जानकारी दिए।

‘उनी अहिलेसम्म विद्यालय आउन सकेकी छैनन्,’ बालिकाले पढ्ने स्कुलका एक शिक्षकले भने, ‘हामीले उनलाई हामी तिम्रो साथमा छौं भनेका छौं।’ प्रहरीका अनुसार घटनाको भोलिपल्टै परिवारले प्रहरीमा जाहेरी दिएका छन्। पीडित बालिकाको स्वास्थ्य परीक्षण गरिएको प्रहरी भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ