"हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैल"/>

2026-09-08 09:48 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मानव तस्करी: नयाँ जीवनको आशामा डुङ्गा चढेर अस्ट्रेलिया जाँदा ‘कालको मुख’मा यसरी पुग्छन् मानिसहरू

साउन २३, काठमाडौँ | “हाम्रोभन्दा अगाडिको डुङ्गामा ज्वरो आएर र बिरामी परेर पाँच जनाको मृत्यु भएको र उनीहरूको शव समुद्रमा फालिएको सुनिएको थियो।”

“हामीमध्ये एकजना सिकिस्त बिरामी भए। तर डुङ्गामा कुनै औषधि थिएन। हामीमध्ये केहीले मदिरा बोकेका थियौँ। त्यसैले मृत्युको डरबाट मुक्त हुन मैले मदिरा पिएँ,” अवैध रूपमा डुङ्गा चढेर अस्ट्रेलिया पुर्‍याइएका श्रीलङ्काका शिव सुनाउँछन्।

घटना सन् २०१२ को हो। त्यतिबेला श्रीलङ्काको सेनाले सन् २००९ को मे महिनामा विद्रोही तमिल टाइगर्सलाई पराजित गरेको तीन वर्षपछि तीन दशक लामो गृहयुद्ध अन्त्य भएको थियो।

“हामीले ३० वर्षसम्म दुःख भोग्यौँ। हामी गरिबीको चपेटामा पर्‍यौँ। म रक्सीको लतमा परेँ,” शिवले  भने।

“त्यतिबेलै मेरा एकजना साथीले डुङ्गामार्फत् अस्ट्रेलिया जाने प्रस्ताव अघि ल्याए।” उत्तरी श्रीलङ्काका शिव दुई सन्तानका पिता हुन्।

युद्धले दिएको चोट

शिवजस्तै उत्तरी र पूर्वी श्रीलङ्काका अधिकांश तमिलहरूले रक्तपातपूर्ण द्वन्द्वका कारण शारीरिक चोट मात्र हैन, मनोवैज्ञानिक चोट पनि भोग्नुपर्‍यो। उनीहरूले त्यो तनावबाट निस्किने बाटो खोजेका थिए।

“त्यस समय धेरै मानिसहरू अवैध रूपमा डुङ्गाबाट अस्ट्रेलिया पुगेका थिए। त्यसरी पठाउने काम एकजना दलालले गरेका थिए। तिनलाई मैले मेरो साथीमार्फत् चिनेको थिएँ। पूरा यात्राको निम्ति १० लाख रुपैयाँ (त्यतिबेला ८,००० डलरजति) मागे। यात्रा सुरु हुनुअघि आधा रकम तिर्नुपर्ने बताइएको थियो।”

आफ्नी श्रीमतीको सुनका गरगहना धितो राखेर चर्को ब्याजमा ऋण लिएपछि आफू ऋणको पासोमा फसेको शिवले बताए।

तस्करीको केन्द्र

पश्चिमी श्रीलङ्काको तटीय सहर नेगोम्बो मानिसको तस्करी गर्ने केन्द्र ठानिन्छ।

नेगोम्बोका स्थानीय डुङ्गा मालिक जुडले बीबीसीलाई बताएअनुसार उनले विगत तीन दशकमा सयौँ मानिसलाई अवैध रूपमा अस्ट्रेलिया र इटालीसम्म पुर्‍याएका छन्।

हिन्द महासागर पार गरेपछि सोझै अस्ट्रेलिया पुग्ने मार्ग छ। इटली चाहिँ ऐतिहासिक रूपमा रोजगारीका अवसरहरूका कारण चिनिन्छ। अधिकांश नेगोम्बोवासीहरू क्याथोलिक भएकाले त्यस ठाउँलाई ‘लिटल रोम’ पनि भनिन्छ।

“नब्बेको दशकको अन्त्यतिर मैले दुईवटा इन्जिन भएको डुङ्गामार्फत् एकैपटक १३० जनालाई इटलीसम्म पुर्‍याएको थिएँ,” जुडले गौरवान्वित भावमा बीबीसीसँग भने।

उनका अनुसार तस्करहरूले अस्ट्रेलियाजस्ता देशमा आप्रवासन नीति परिवर्तन भएको अफवाह फैलाएर मानिसहरूलाई अवैध रूपमा जान प्रेरित गर्थे।

“ती देशले शरणार्थी र आप्रवासीहरूसम्बन्धी प्रतिबन्ध खुकुलो पारेको सुन्नासाथ हामी त्यहाँ अवसर देख्छौँ,” उनले भने।

“तत्काल डुङ्गामा खाना र पानी भण्डार गरिन्छ र त्यसमा पर्याप्त इन्धन भरिन्छ।”

संयुक्त राष्ट्रसङ्घको सन् २०२० को मानव बेचबिखनबारे विश्वव्यापी तथ्याङ्क अनुसार सन् २०१८ मा तस्करी हुनेमा ४६ प्रतिशत वयस्क महिला, १९ प्रतिशत किशोरी, २० प्रतिशत वयस्क पुरुष र १५ प्रतिशत किशोर थिए।

तर जुड आफू अगाडि सरेर यात्रु खोज्दैनन्। न त उनी आफूले तस्करी गर्ने मानिसहरूसँग नै यात्रा गर्छन्।

“दलालहरूले मानिसहरू खोजेर ल्याउँछन्। हामीले यात्रा शुल्क झन्डै पाँच लाख रुपैयाँ (अहिलेको दरमा झन्डै १,४०० डलर) तोक्छौँ। पाँच लाख यात्रु खोज्ने दलालहरूले राख्छन्,” जुडले भने।

“यी दलालहरूले देशभरि १० देखि १५ जनाको सानो समूह बनाएका हुन्छन्। उनीहरू प्रत्येकले ५० जनासम्म जुटाउँछन्,” उनले थप जानकारी दिए।

जुडका अनुसार यस प्रक्रियामा दलालहरूले वास्तविक फाइदा गर्छन्।

“हामी जहाज चलाउने एकजना कप्तान र चालक दलका लागि चारदेखि पाँच जना सहयोगी पनि खोज्छौँ। कप्तानको नाममा डुङ्गा दर्ता गर्छौँ किनकि त्यहाँ फर्किने वा निगरानी हुने सम्भावना छैन। ती सबै किनारसम्मै पुग्छन्।”

यो यात्रु मात्र नभई चालकदलका लागि पनि एकतर्फी यात्रा हो। उनीहरू सबैले त्यहाँ शरण खोज्ने उद्देश्य राख्छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो भोटेकोसी बाढीको १३औँ दिन राष्ट्रिय शोक, झण्डा आधा झुकाइयो भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित