भदौ २५, काठमाडौं | भारतीय नागरिकला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, काठमाडौं | भारतीय नागरिकला"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

भारत जाँदा नेपालीलाई भिसा !

२५ भाद्र २०७३, शनिबार ०२:५४

भदौ २५, काठमाडौं | भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन। तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ।

दुई देशबीचका विभिन्न सन्धी सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । यी प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन्।

चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए।

दुई देशबीचको असामान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरु बताउँछन्। शुक्रबार सम्पन्न गृहसविचस्तरीय बैठकमा आतंकबाद, लागूऔषध, मानवेचविखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो।

बिहीबार र शुक्रबार भएको नेपाल र भारतका गृहसचिवस्तरीय वार्तामा पनि यसबारे कुनै छलफल भएन। नेपालले वार्तामा त्यससम्बन्धी एजेन्डा नै समावेश गरेको थिएन। भारतको अध्यागमनको वेबसाइटमै चीन हुँदै भारत गएमा नेपालीलाई पनि भिसा आवश्यक हुने प्रावधान उल्लेख छ।

खुला सिमानाका कारण दुई देशबीच विशेष सम्बन्ध छ, सोही कारण एक अर्का देशमा जाँदा भिसा लिनुनपर्ने सम्झौता भएका छन्। सन् १९५० को शान्ति तथा मैत्री सन्धिमै एक अर्काको देशमा राहदानी तथा भिसाविनै यात्रा गर्नसक्ने उल्लेख छ। तर, त्यसविपरीत भारतले अध्यागमन प्रावधान लागू गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै