भदौ २५, काठमाडौं | भारतीय नागरिकला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २५, काठमाडौं | भारतीय नागरिकला"/>
२०८२, २९ चैत्र आईतवार
काठमाडौँ - KTM

भारत जाँदा नेपालीलाई भिसा !

२०७३, २५ भाद्र शनिबार ०२:५४

भदौ २५, काठमाडौं | भारतीय नागरिकलाई जुनसुकै देश भएर नेपाल आउन भिसा चाहिँदैन। तर, नेपालीलाई चीन हुँदै भारत जान भने भिसा अनिवार्य चाहिन्छ।

दुई देशबीचका विभिन्न सन्धी सम्झौताविपरीत भिसा प्रावधान लागू गर्दै आएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ । यी प्रावधानले चीन हुँदै भारत जानुपर्ने नेपाली मर्कामा पर्दै आएका छन्।

चीन हुँदै भारत जाने नेपालीको संख्या थोरै हुने र त्यससम्बन्धी अहिलेसम्म खासै गुनासो नआएकाले भारतसँग छलफल नभएको गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले बताए।

दुई देशबीचको असामान प्रावधान समस्या भएको र त्यसलाई हटाउनु आवश्यक रहेको अध्यागमन विभागका अधिकारीहरु बताउँछन्। शुक्रबार सम्पन्न गृहसविचस्तरीय बैठकमा आतंकबाद, लागूऔषध, मानवेचविखन तथा साना हतियार कारोबारको नियन्त्रणका विषयमा छलफल भयो।

बिहीबार र शुक्रबार भएको नेपाल र भारतका गृहसचिवस्तरीय वार्तामा पनि यसबारे कुनै छलफल भएन। नेपालले वार्तामा त्यससम्बन्धी एजेन्डा नै समावेश गरेको थिएन। भारतको अध्यागमनको वेबसाइटमै चीन हुँदै भारत गएमा नेपालीलाई पनि भिसा आवश्यक हुने प्रावधान उल्लेख छ।

खुला सिमानाका कारण दुई देशबीच विशेष सम्बन्ध छ, सोही कारण एक अर्का देशमा जाँदा भिसा लिनुनपर्ने सम्झौता भएका छन्। सन् १९५० को शान्ति तथा मैत्री सन्धिमै एक अर्काको देशमा राहदानी तथा भिसाविनै यात्रा गर्नसक्ने उल्लेख छ। तर, त्यसविपरीत भारतले अध्यागमन प्रावधान लागू गरेको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन