भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा च"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा च"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कस्ले सुन्ने ? दृष्टिविहीनका समस्या

२०७३, २५ भाद्र शनिबार १५:१६


भदौ २५, पर्बत | जिल्ला सदरमुकाम कुस्मा बजार स्थित शिवालय उमाबिमा दृष्टिबिहिन स्रोत कक्षा चलिरहेको छ । संचालित विद्यालय गत साउन २५ गतेदेखि सन्चालनमा आएको हो ।

उक्त स्रोत विद्यालय सन्चालनमा आएपछि छिमेकी जिल्ला गुल्मी, बाग्लुङ, म्याग्दी र पर्वतका दृष्टिविहिन बालबालिकाले राहत  महशुस गरिएका छन् तर उनीहरुलाई खानपिन लत्ताकपडा आवास साथै विरामी हुँदा भने समस्या हुने गरेको छ ।  बास, गास र कपासको जोहो नहुँदा उनीहरुलाई निकै समस्या भएको स्रोत शिक्षक पुर्णहरि रेग्मीले बताउँछन् । स्रोत कक्षामा अहिले दश दृष्टिविहिन विद्यार्थीलाई नेपाल सरकारवाट प्रति व्यक्ति २५ सयका दरले शैक्षिक व्यवस्थापन गर्न भनी सहयोग प्रदान गरिएता पनि यो प्रर्याप्त भने छैन । जून उनीहरुको शैक्षिक व्यवस्थापन र खानपानको लागि पनि अपुग नै छ ।  राज्यबाट प्राप्त गर्ने २५ सयले शैक्षिक सामाग्री व्यवस्थापन र खानपानको लागि नपुग्ने दृष्टिविहिन  छात्र इन्द्र न्यौपाने बताउँछन् । दृष्टिविहिनको लागि अपाङ्ग उत्थान समितिले एउटा सानो एउटा बास बस्नको लागि  उपलब्ध गराएको छ ।  यो पनि पुग्ने खालको छैन ।

अपाङ्ग उत्थान समितिमा यी दृष्टिविहिनीहरुले सहयोगको याचना गर्दै धेरै ठाउँमा पुगे । तर सुनुवाइ हुन भने सकेको छैन । अपाङ्ग उत्थान समितिका अध्यक्ष गणेश सुवेदीलेपनि आफुसँग आर्थिक स्रोत प्रयाप्त मात्रामा नभएका कारण ठूलो सहयोग गर्न नसकेको बताए । अपाङंगता भएका व्यक्तिको पहिचान गरी उनीहरुको समस्या समाधान गर्नु राज्यको अनि स्थानीय प्रशासनको जिम्मेवारी हो भन्ने नागरिकको बुझाई छ । तर राज्यका निकायले अपाङगता भएका व्यक्तिहरुलाई वेवास्ता गर्दै आइरहेको छ भनी शिक्षक हरिदत्त शर्माले गुनासो गरे । 

जिल्लाका सरकारी कार्यालय पनि अपाङ्गता मैत्री अझै हुन भने सकेका छैनन् जसका    कारण सेवा लिन आउने अपाङ्गता भएका व्यक्तिहरुलाई निकै असहज हुने गरेको छ । अपाङ्मैत्री भवनको लागि जिल्लाका सरकारी कार्यालयहरुले खासै चाँसो देखाएका छैनन् , न त बैक तथा वित्तिय संस्थाहरु पनि सोही अनुरुपका    छन् । अपाङ्गता हुदैमा केही गर्न सकिदैन भन्नु मुर्खता हुने सचेत नागरिकहरुको भनाई छ । तर  बर्तमान समयमा आइपुग्दा पनि सरकार गम्भीर नभएकोले  लक्षित वर्ग समस्यामा परेको अवस्था छ । अपाङ्गता मैत्री बाताबरण बनाउनको लागि सवैले हातेमालो गर्नको लागि जरुरी छ भनी अपाङ्गको क्षेत्रमा काम गर्ने नागरिकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने