भदौ २६, काठमाडौं | व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २६, काठमाडौं | व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खस"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

दसैँलाई काठमाडौंमा ६५ करोडका खसी–बोका

२६ भाद्र २०७३, आईतवार ०१:४५

भदौ २६, काठमाडौं | व्यवसायीले दसैँका लागि करिब ६५ करोड मूल्यका खसी–बोका राजधानी ल्याउने तयारी थालेका छन् । त्यसमध्ये करिब ५० हजार खसी–बोका भारतबाट आयात र बिक्री हुने व्यवसायीको भनाइ छ ।

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । उनले भने, ‘यसपटक तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुनेछन् ।’ संघमा करिब तीन सय व्यवसायी आबद्ध छन् । 

ती व्यवसायीले भारतका विभिन्न बजारबाट खसी–बोका आयात गर्नेछन् । दसैँमा करिब १५ करोडका खसी–बोका मुलुकभित्रकै अन्य जिल्लाबाट राजधानीमा ल्याउने तयारी गरिएको छ । भारतबाट साताको दुईपटक आइतबार र बिहीबार २० गाडी खसी–बोका आयात भइरहेको छ । एउटा गाडीमा २ सयदेखि २ सय ५० वटासम्म खसी–बोका अट्छन् । फूलपातीको आसपास पुगेपछि ५ दिनसम्म प्रत्येक दिन दैनिक २० गाडीका दरले आयात हुने संघका अध्यक्ष गोविन्द पाठकले जानकारी दिए । ‘दसैँमा मागअनुसार खसी–बोका आपूर्ति गर्न सबै व्यवसायी तयार भएर बसेका छौँ,’ उनले भने । – नयाँ पत्रिका 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै