2026-10-26 11:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लक्की ड्र’ बाट छनोटमा नपरेकालाई पनि इजरायल लगिदिन इजरायलसँग नेपालको आग्रह

भदौ १९, काठमाडौँ | ‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुलाई लैजान आग्रह गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले अन्तिम छनोटबाट बाहिरिएका उनीहरुलाई लैजाने इजरायल सरकारसँग आग्रह गरिएको बताए ।

इजरायल जाने युवाको रोजगार सम्झौता छिट्टै «

नेपालबाट अन्तिम छनोटमा परेका एक हजार १३२ जना केयरगिभर इजरायल गइरहेका छन् । तर, ४२५ जना लक्की ड्र गरिँदा छनोटमा परेका थिएनन् । उनीहरुले भाषा र सीप परीक्षा पास गर्नुका साथै अन्तर्वार्ता समेत पास गरेका थिए । तर, अन्तिममा इजरायलले गरेको लक्की ड्र मार्फत १ हजार १४७ जना छनोटमा परेका थिए । ती मध्ये २५ जना मेडिकल परीक्षणमा असफल भएका छन् । 

गत ३० साउनमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेरसँगको भेटको क्रममा श्रममन्त्री कुँवरले उक्त कुरा उठान गरेका थिए ।   ‘४२५ जनाले भाषा पनि पास गरेका छन् । सीप पनि पास गरेका छन् । अन्तर्वार्ता पनि पास गरेका छन् । लट्रीमार्फत ४२५ जना जान पाएनन् । हामीले पहिला उहाँहरुलाई लैजान आग्रह गरेका छौं’ मन्त्री कुँवरले भने । 

जवाफमा राजदूतले गोदेरले सरकारसँग समन्वय गरेर अगाडि बढ्ने जवाफ दिएका थिए । राजदूत गोदेरले कृषि क्षेत्रमा पनि एक हजार जना नेपाली कामदार लैजाने बताएका थिए । मन्त्री कुँवरले भने पहिला अड्किएका ४२५ जनालाई लगिदिनुपर्यो भनेर अनुरोध गरेका थिए । 

‘इजरायलका राजदूत आउँदा थप एकहजार जना कृषि क्षेत्रमा लिन्छु भन्नुभयो । एक हजार जनाको माग देखाउनुभयो । हामीले के भन्यौं भने त्यो काम त गर्दै गरौंला, तर, ४२५ जना जो सीप र भाषा सिकेर अड्किएर बसेका छन् । उनीहरुलाई लिइदिनुपर्यो भनेर आग्रह गरेका छौं’ उनले भने । 

कृषि क्षेत्रका लागि डिमाण्ड लिँदा पहिलाकै प्रक्रिया अनुसार लिने र ती मान्छेहरु पनि त्यही प्रक्रियामा सहभागी हुनुपर्ने बताएका थिए । तर, ती व्यक्तिहरुले सबै प्रक्रिया पुरा गरेको तर, अन्तिममा जान नपाएको भन्दै लगिदिन अनुरोध गरिएको मन्त्री कुँवरले बताए । 

कृषि क्षेत्रमा लैजाने कामदारको पनि प्रक्रिया अगाडि बढाउने र उनीहरुलाई पनि लगिदिन आग्रह गरिएको उनको भनाई छ ।  ‘अर्काको देशको कुरा हो । हामीले रिक्वेष्ट मात्र गर्ने हो । सम्बन्धित देशहरु पनि सेन्सेटिभ भइदिनुपर्यो नि । उहाँहरुले हामी हाम्रो मन्त्रालय र सरकारसँग सोध्छौं भनेका छन् । सरकारसँग समन्वय गर्छौ भनेका छन्’ उनले भने । 

नेपाल र इजरायल सरकारबीच सन् २०२० मा श्रम सम्झौता भएको थियो । सोही आधारमा सन् २०२१ मा नेपालबाट १ हजार जना नेपाली सहायक कामदार (केयर गिभर) लैजाने सहमति भएको थियो ।  सोही सम्झौताको आधारमा इजरायलले नेपालबाट कृषि क्षेत्रमा पनि एक हजार कामदारको माग गरेको हो । नेपालले त्यसका लागि आवश्यक तयारी थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने