2026-09-08 04:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘लक्की ड्र’ बाट छनोटमा नपरेकालाई पनि इजरायल लगिदिन इजरायलसँग नेपालको आग्रह

भदौ १९, काठमाडौँ | ‘लक्की ड्र’ मार्फत बाहिरिएका ४२५ जनालाई इजरायल पठाउनेबारे सरकारले लबिङ थालेको छ । केयर गिभरमार्फत इजरायल जान आवेदन दिएर अन्तिम लक्की ड्र पछि छनोटमा नपरेका उनीहरुलाई पठाउनेबारे सरकारले लबिङ थालेको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्यसका लागि इजरायललाई उनीहरुलाई लैजान आग्रह गरेको हो । श्रममन्त्री शेरबहादुर कुँवरले अन्तिम छनोटबाट बाहिरिएका उनीहरुलाई लैजाने इजरायल सरकारसँग आग्रह गरिएको बताए ।

इजरायल जाने युवाको रोजगार सम्झौता छिट्टै «

नेपालबाट अन्तिम छनोटमा परेका एक हजार १३२ जना केयरगिभर इजरायल गइरहेका छन् । तर, ४२५ जना लक्की ड्र गरिँदा छनोटमा परेका थिएनन् । उनीहरुले भाषा र सीप परीक्षा पास गर्नुका साथै अन्तर्वार्ता समेत पास गरेका थिए । तर, अन्तिममा इजरायलले गरेको लक्की ड्र मार्फत १ हजार १४७ जना छनोटमा परेका थिए । ती मध्ये २५ जना मेडिकल परीक्षणमा असफल भएका छन् । 

गत ३० साउनमा नेपालका लागि इजरायलका राजदूत हनान गोदेरसँगको भेटको क्रममा श्रममन्त्री कुँवरले उक्त कुरा उठान गरेका थिए ।   ‘४२५ जनाले भाषा पनि पास गरेका छन् । सीप पनि पास गरेका छन् । अन्तर्वार्ता पनि पास गरेका छन् । लट्रीमार्फत ४२५ जना जान पाएनन् । हामीले पहिला उहाँहरुलाई लैजान आग्रह गरेका छौं’ मन्त्री कुँवरले भने । 

जवाफमा राजदूतले गोदेरले सरकारसँग समन्वय गरेर अगाडि बढ्ने जवाफ दिएका थिए । राजदूत गोदेरले कृषि क्षेत्रमा पनि एक हजार जना नेपाली कामदार लैजाने बताएका थिए । मन्त्री कुँवरले भने पहिला अड्किएका ४२५ जनालाई लगिदिनुपर्यो भनेर अनुरोध गरेका थिए । 

‘इजरायलका राजदूत आउँदा थप एकहजार जना कृषि क्षेत्रमा लिन्छु भन्नुभयो । एक हजार जनाको माग देखाउनुभयो । हामीले के भन्यौं भने त्यो काम त गर्दै गरौंला, तर, ४२५ जना जो सीप र भाषा सिकेर अड्किएर बसेका छन् । उनीहरुलाई लिइदिनुपर्यो भनेर आग्रह गरेका छौं’ उनले भने । 

कृषि क्षेत्रका लागि डिमाण्ड लिँदा पहिलाकै प्रक्रिया अनुसार लिने र ती मान्छेहरु पनि त्यही प्रक्रियामा सहभागी हुनुपर्ने बताएका थिए । तर, ती व्यक्तिहरुले सबै प्रक्रिया पुरा गरेको तर, अन्तिममा जान नपाएको भन्दै लगिदिन अनुरोध गरिएको मन्त्री कुँवरले बताए । 

कृषि क्षेत्रमा लैजाने कामदारको पनि प्रक्रिया अगाडि बढाउने र उनीहरुलाई पनि लगिदिन आग्रह गरिएको उनको भनाई छ ।  ‘अर्काको देशको कुरा हो । हामीले रिक्वेष्ट मात्र गर्ने हो । सम्बन्धित देशहरु पनि सेन्सेटिभ भइदिनुपर्यो नि । उहाँहरुले हामी हाम्रो मन्त्रालय र सरकारसँग सोध्छौं भनेका छन् । सरकारसँग समन्वय गर्छौ भनेका छन्’ उनले भने । 

नेपाल र इजरायल सरकारबीच सन् २०२० मा श्रम सम्झौता भएको थियो । सोही आधारमा सन् २०२१ मा नेपालबाट १ हजार जना नेपाली सहायक कामदार (केयर गिभर) लैजाने सहमति भएको थियो ।  सोही सम्झौताको आधारमा इजरायलले नेपालबाट कृषि क्षेत्रमा पनि एक हजार कामदारको माग गरेको हो । नेपालले त्यसका लागि आवश्यक तयारी थालेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल