2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिमाण्ड किनेर मलेसिया कामदार पठाउने म्यानपावरप्रति श्रम मन्त्रालय र बिभागको ग्रीन सिग्नल !

September 14, 2022

भदौ २९, काठमाडौँ । मलेसिया रोजगारमा चरम आर्थिक अशुली हुँदैगर्दा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र त्यसैको मातहतमा रहेको वैदेशिक रोजगार बिभाग मौन बसेको छ । सरकारी नीति एकातिर र व्यवहार अर्कोतिर हुँदा डिमाण्ड किनेर मलेसियाको लागि तीन लाखसम्म लिनेहरु ढुक्कले पैसा अशुलीमा व्यस्त बनेका छन् । 

मलेसिया रोजगारका क्रममा केहि म्यानपावरले मलेसियाकै रोजगारदाता कम्पनिको ताकेता तथा आरबिआई अन्तर्गतको डिमाण्डमा निशुल्क भिसा टिकटको नीति अनुसार मलेसिया पठाएको भएपनि यसरी मलेसिया रोजगारमा जानेहरुको संख्या ५ प्रतिशत भन्दा कम भएको वैदेशिक रोजगार व्यवसायीहरुकै दावी छ । यसरी कामदार पठाउने म्यानपावरहरु थोरै मात्र छन् । 

मलेसिया-नेपाल सरकारबीच मलेसिया रोजगार निशुल्क हुने सम्झौता भएपनि त्यसको हित बिपरित खुलेयाम बिचौलियाहरु प्रयोग गरेर पैसा अशुली भइरहेको पाइएको छ । मलेसिया रोजगार सहज भएयता सुरुवातमा सरकारको नीतिबिपरित नजाने वा सरकारले जस्तोसुकै कदम लिन सक्ने डरले 'पर्ख र हेर' नीति लिएर बसेका म्यानपावर व्यवसायीहरुलाई समेत ग्रीन सिग्नल मिलेको छ । जसको कारण मलेसियाको डिमाण्ड चर्को मूल्यमा नकिन्ने सोच बनाएका केहि म्यानपावर व्यवसायीहरुले समेत अहिले बाध्य भएर डिमाण्ड किन्न पर्ने अवस्था रहेको स्वीकार गरेका छन् । 


सरकारले मलेसिया रोजगारको चर्को अशुली नियन्त्रण गर्न नसक्दा मलेसिया रोजगारको क्रममा नामै नसुनेका म्यानपावरहरुमा मलेसियाका डिमाण्डहरु धेरै देखिने तथा पहिले धेरै डिमाण्ड ल्याउने म्यानपावरमा डिमाण्ड घटेको पाइएको छ । मलेसिया रोजगारमा लैजानको लागि न्युनतम १५०० रिङ्गिट तलब हुनुपर्ने सम्झौता भएपछि युवाहरुको मलेसिया रोजगारमा आकर्षण बढेसंगै त्यसै अनुसार बिचौलिया र डिमाण्ड किनेर ल्याउने म्यानपावरहरुलाई फाइदा पुगेको पाइएको छ । बिभिन्न नाममा मलेसिया रोजगारको क्रममा चर्को अशुली भएपछि पूर्वश्रममन्त्री गोकर्ण विष्टले मलेसिया रोजगार झन्डै दुई बर्ष रोकेका थिए । त्यसपछि मलेसिया सरकारसँग शुन्य लागतको सम्झौता भएको थियो । विष्टले मलेसिया रोजगार रोक्नु अघि युवाहरु मलेसिया रोजगारमा जाँदा औशतमा एक लाख ५० हजार तिर्ने गरेकोमा अहिले निशुल्कको सम्झौता भनिएपनि दुई लाख ५० हजारको औशत लागत तिरेर नेपालीहरु मलेसिया जानपर्ने अवस्था रहेको छ । 

मलेसिया रोजगारको क्रममा जाने हरेक व्यक्तिसँग औशतमा २ लाख ५० हजार अशुली भईरहँदा मङ्सिर ४ मा हुने निर्वाचन अगाडी कुनै कारवाही तथा अशुली सम्बन्धि नीतिगत बिषयमा हेरफेर नहुने संकेत श्रम मन्त्रालयले दिएको छ ।  जुन ग्रीन सिग्नलको प्रभावमा परेर पछिल्लो समय बेथितिमा निर्धक्क अशुलीको धन्दा चलिरहेको पाइएको छ । मन्त्रालय र वैदेशिक रोजगार बिभागको निरीहताको कारण खारेज भईसकेको एजेन्ट व्यवस्थाकै भरमा अधिकांश म्यानपावरहरु चलिरहेका छन् । मन्त्रालय र सरकारी निकाय निदाएर बसेको मौका छोप्दै बिचौलियाहरु सक्रिय बनेका छन् । अधिकांश म्यानपावरहरुले सरकारको आँखै आगाडी चर्को लागत लिएर श्रममन्त्री, मन्त्रालयका सचिव, सह-सचिव, कर्मचारीहरुदेखि सरोकारवालाहरुलाई खुलेयाम चुनौती दिदै गर्दा सम्बन्धित निकाय मौन छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ