२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

आत्महत्या गर्न ५५ वटा ब्याट्री निलेपछि…

१० आश्विन २०७९, सोमबार ०९:०९

असोज १०, काठमाडौं | एजेन्सी | आयरल्याण्डको डब्लिनमा एक दर्दनाक घटना सार्वजनिक भएको छ । त्यहाँ उपचारका लागि अस्पताल पुगेकी एक महिलाको पेटभित्र दर्जनौँ ब्याट्रीहरु भेटिएका छन् ।

डब्लिनको सेन्ट भिन्सेन्ट विश्वविद्यालय अस्पतालका अनुसार ६६ वर्षकी ती महिलाको पेटमा ५५ वटा ब्याट्री फेला परेका हुन् । अस्पतालमा एक्सरे पश्चात् उनको पेटभित्र ब्याट्री भएको पुष्टि भएको थियो ।

आयरिस मेडिकल जर्नलमा गत सेप्टेम्बर ५ मा प्रकाशित समाचार अनुसार ती महिलाले आत्महत्या गर्ने सोँचका साथ जानीजानी त्यतिधेरै ब्याट्री निलेकी थिइन् ।


पेटभित्र त्यतिधेरै ब्याट्री हुँदापनि उनको पाचनतन्त्रको नलीमा कुनै रोकावट नभएको र डाक्टरहरुले पारम्परिक शल्यक्रिया विधिबाटै उनको पेटबाट ती ब्याट्रीहरु बाहिर निकाल्न सफल भएको जर्नलमा उल्लेख छ ।

एक्सरेबाट पेटभित्र ब्याट्री भएको पत्ता लागेसँगै डाक्टरहरुले ती ब्याट्री दिसासँगै बाहिर निस्कने अपेक्षा गरेका थिए । तर एक हप्ताभित्रमा केवल ५ वटा ब्याट्रीमात्रै बाहिर आए । पुनः एक्सरे गर्ने क्रममा बाँकी ब्याट्रीहरु पेटभित्र फसेको र अगाडि बढ्न नसकेको पुष्टि भयो । महिलाको पेटमा दुखाई पनि बढ्दै गएको थियो ।

त्यसपछि डाक्टरहरुले ल्याप्रोटोमी विधिको प्रयोग गरे । जसमा पेटमा एउटा सानो भागमा चिरेर हात भित्र लगिन्छ । ब्याट्रीको वजनका कारण महिलाको आन्द्रा तलतर्फ झर्दै गएको तथ्य डाक्टरहरुले पत्ता लगाए । त्यसैले शल्यक्रिया गर्नुको विकल्प रहेन । पेटमा बनाइएको सानो प्वालबाटै उनीहरुले ती महिलाको पेटमा अड्किएका ४६ वटा ब्याट्रीहरु एक एक गरी हातले बाहिर निकाले ।

उनको पेटमा AA तथा AAA ब्याट्रीहरु थिए । अर्थात् घडीमा लगाउने ब्ब् तथा रिमोटमा लगाउने ब्ब्ब् ब्याट्रीहरु उनले निलेकी रहेछिन् । ती मध्ये चारवटा ब्याट्रीहरु मलासयमै गएर अड्किएका रहेछन्, जसलाई पछि निकालिएको थियो ।

ती महिलालाई शल्यक्रिया पश्चात् घर पठाइसकिएको छ । मेडिकल जर्नलमा प्रकाशित रिपोर्ट अनुसार कुनैपनि बिरामीको पेटमा यतिधेरै ब्याट्री भेटिएको यो पहिलो घटना हो ।

यसअघि बालबालिकाहरुले ब्याट्री निलेका घटनाहरु सार्वजनिक हुने गर्दथे । तर आयरल्याण्डको यो घटनामा वृद्ध महिलाले नै करीब ५ दर्जन ब्याट्री निलेको पाइएको छ । एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान