भदौ २९, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले नै कार्यालयको महत्वपूर्ण फाइल गायब पारेको तथ्य बाहिर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले नै कार्यालयको महत्वपूर्ण फाइल गायब पारेको तथ्य बाहिर "/>
2026-06-20 03:22 AM
काठमाडौँ - KTM

अनियमितता खुलेपछि फाइल नै गायब पारियो

भदौ २९, काठमाडौं । काठमाडौं महानगरपालिकाका कर्मचारीले नै कार्यालयको महत्वपूर्ण फाइल गायब पारेको तथ्य बाहिर आएको छ । 

काठमाडौंको न्युरोडस्थित रञ्जना ट्रेड सेन्टर भवन कानुनविपरीत भएपछि सो भवनसम्बन्धी कागजात नै गायब पारिएको हो । काठमाडौं महानगरपालिकाको नक्सा शाखामा हुनुपर्ने सो भवनको कागजपत्र अहिले हराएको छ ।

रञ्जना गल्लीमा निर्माण गरिएको रञ्जना ट्रेड सेन्टर भवन स्वीकृत नक्सा र भवन संहिताविपरीत रहेको बाताइएको छ । भवन कानुनविपरीत भएपछि सोसम्बन्धी कागजपत्र महानगरपालिकाको कर्मचारीकै मिलेमतोमा गायब पारिएको हो ।

करिब ४ अर्ब रुपैयाँमा बनेको सो भवन कानुनविपरीत भएपछि रञ्जना ट्रेड सेन्टर प्रालि र महानगरपालिकाका कर्मचारीले मिलेर कागजपत्र गायब पारेको स्रोतले जनाएको छ । स्रोतका अनुसार भवनको कागजपत्र महानगरपालिका नक्सा फाँटकै कर्मचारीले गायब पारेका हुन् । – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक प्रतिनिधिसभा बैठक असार ११ गतेसम्मका लागि स्थगित मन्त्रिपरिषद् बैठक जारी रास्वपाको सचिवालय बैठक जारी चुनावमा धेरै खर्च भयो तर आईटीमा एक–दुई करोड पनि खर्च गर्न हामीलाई गाह्रो भयो: प्रचण्ड संसद संख्याले चल्ने होइन, विधिले चल्ने हो, नीतिले चल्ने हो: ज्ञानेन्द्र शाही हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं: अर्थमन्त्री वाग्ले श्रम मात्रै एउटा त्यस्तो शक्ति हो, जसले सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्छ: हर्क साम्पाङ रास्वपाको केन्द्रीय समितिको अन्तिम बैठक बस्दै कसैले कसैको नसुन्ने ढुंगाहरुको देश हो कि मान्छेको अचम्म लागेको छ : हर्क साम्पाङ प्रधानमन्त्री बालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक प्रतिनिधिसभाको बैठक सुरू कक्षा १२ को नतिजा सार्वजनिक सुनचाँदीको मूल्य घट्यो प्रहरीलाई अब पोसाक खर्चबापत नगद दिइने राप्रपाको महाधिवेशन आगामी मंसिर २६-२८ गते सरकारले भ्रष्टाचार रोक्न शून्य सहनशीलताको नीति लिएको छ : गृहमन्त्री गुरुङ सङ्‍क्रमणकालीन न्यायका प्रक्रियालाई यथाशीघ्र टुङ्गोमा पुर्याउन सरकारले उच्च प्राथमिकता दिएको छ : कानूनमन्त्री गौतम परराष्ट्र मन्त्रालयलाई समयानुकूल थप सुदृढ र प्रभावकारी बनाउँदै लैजाने कार्यमा सरकार प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल गृह मन्त्रालय हरेक चेलीका लागि माइती हो भनी सोच्नुपर्छ : गृहमन्त्री गुरुङ