भदौ २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकि"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

बुद्ध एयरमा स्याल ठोक्कियो

२९ भाद्र २०७३, बुधबार ०३:०५

भदौ २९, काठमाडौं | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मंगलबार साँझ अवतरणका क्रममा विमानमा स्याल ठोकिएको छ ।

विराटनगरबाट आउँदै गरेको बुद्ध एयरको एटीआर ७२ विमान अवतरण पछि धावनमार्गमा गुडिरहेको बेला स्याल ठोकिदा विमानस्थल २२ मिनेट बन्द गर्नुपरेको खबर आजको कान्तिपुरमा छापिएको छ। कोटेश्वरतर्फको अन्तिम ट्याक्सी–वेबाट छिर्ने क्रममा विमानले स्याललाई ठक्कर दिएको थियो। स्याल घटनास्थलमै मरेको थियो।

गुडिरहेको विमानका चालक शैलेश महतले एयर ट्राफिक कन्ट्रोलरलाई आफ्नो जहाजले ट्याक्सी–वेमा पस्दै गर्दा स्यालसँग ठोकिएको जानकारी गराए । चालकको जानकारीपछि विमानस्थलको रात्री सिफ्टका कर्मचारी र शुरक्षाकर्मी घटनास्थल पुगे ।

बुद्ध एयरको उक्त विमान र यात्रुलाई केही भएन । बुद्ध एयरका प्रबन्धक रुपेश जोशीका अनुसार, चालकले धावनमार्गमा दुइटा स्याल ककपिटबाट चालकदलले देखेका थिए । तीमध्ये एउटा स्याल जहाजमा ठोक्किएर घटनास्थलमै मृत्यु भयो ।

 यो घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार दोस्रोपटक पुन: बन्द हुन गयो । का अनुसार, बुद्ध एयरको विमानमा स्याल ठोकिएपछि विमानस्थल २२ मिनेट बन्द गर्नुपर्‍यो । ‘७ बजेर ३१ देखि ७ बजेर ५३ मिनेटसम्म धावनमार्ग बन्द गर्नुपर्‍यो,’ विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुर भने ।

यो घटनाका कारण ओमनको राजधानी मस्कटबाट काठमाडौं अवतरण गर्नै लागेको ओमन एयरको विमान भारतको लखनउ डाइभर्ट भयो। कतारको राजधानी दोहाबाट आएको कतार र इतिहाद एयरलाइन्सका दुईवटा विमान होल्डमा परेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य