महेन्द्र केसी
भाद्र २९ पर्वत ।
बुधबार देशभर बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सम्र्बद्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने नाराका साथ बालदिवस मनाइएता पनि पर्वतमा भने खासै प्रभावकारी देखिएन । बालदिवस मनाइरहदा कुश्मा बजारका अधिकांश होटल तथा रे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
महेन्द्र केसी
भाद्र २९ पर्वत ।
बुधबार देशभर बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सम्र्बद्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने नाराका साथ बालदिवस मनाइएता पनि पर्वतमा भने खासै प्रभावकारी देखिएन । बालदिवस मनाइरहदा कुश्मा बजारका अधिकांश होटल तथा रे"/>
४ बैशाख २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बालदिवस – हात्तिको दाँत

२९ भाद्र २०७३, बुधबार १०:१८


महेन्द्र केसी
भाद्र २९ पर्वत ।
बुधबार देशभर बालदिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । “सम्र्बद्धन बालअधिकारको, कार्यन्वयन संविधानको” भन्ने नाराका साथ बालदिवस मनाइएता पनि पर्वतमा भने खासै प्रभावकारी देखिएन । बालदिवस मनाइरहदा कुश्मा बजारका अधिकांश होटल तथा रेष्टुरेन्टमा बालबालिका बालश्रम गर्न बाध्य थिए । विभिन्न क्लब तथा संस्थाले बालबालिकाको हकहितको लागि विभिन्न कार्यक्रमको आयोजना गरेर आर्थिक जोहो गरेता पनि कहाँ खर्च भयो भन्ने अझै पत्तो छ्रैन । बालदिवसको अबसरमा शिवालयमा स्रोतकेन्द्रमा रहेका १० दृष्टिविहिनलाई नेपाल बाल संगठन र प्याप्सनले संयुक्त रुपमा ३० हजार किचनको व्यवस्थापनको लागि सहयोग गरेको छ । जिल्लामा औपचारीकता पुरा गर्नको लागि एक दिन बालदिवस कार्यक्रमको आयोजना गरी स्थानिय राजनीतिक दल तथा संस्थाले भाषणबाजी गरेर मनाएका छन् । तर सडकपेटी र होटलमा मजदूरको रुपमा काम गरिहेका बालबालिकाको हक अधिकारको लागि कसैले चाँसो दिन सकेको छैन ।


चोकचोकमा अनाथ बालबालिकाहरु घुमिरहेका छन् । उनीहरुको व्यवस्थापनको लागि सरोकारवाला निकायले ध्यान दिन सकेको छैन । यस विषयमा कसैले चाँसो दिन सकेको छैन । जिल्ला प्रहरी कार्यालयमा गत आवमा ४७ जना बालबालिका हराएको निवेदन परे जसमध्ये बालिका २३ र बालक १२ रहेका छन् । प्रहरीले ६ जना बालबालिकालाई खोजतलास गर्यो भने १४ जना विभिन्न व्यक्ति वा संस्थामार्फत सम्पर्कमा आएको जिप्रका पर्वतकी महिला सेल प्रमुख पूर्णिमा थापा बताउँछन् । प्रहरीले एक बालकलाई बालकल्याणमा बुझाएको र बालकल्याण मार्फत बाग्लुङ बालआश्रममा पठाइएको उनको तर्क छ । फेला नपरेका १४ बालबालिकाको अबस्था के छ त्यसको बारेमा सरोकारवाला निकाय मौन जस्तै छ ।


 जिल्लामा बालकल्याण समिति पनि नभएको हैन । बालबालिकाको लागि बालकल्याण समितिको कार्यालयनै खडा गरिएको छ । तर कर्मचारीको अभावमा कार्यालयमा ताला लागेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हुने उक्त संस्था बेबारिसे अबस्थामा देखिन्छ । बोर्ड राखिएको छ तर कार्यालय बन्द भएका कारण बालबालिकाको हकअधिकारको लागि र गुनासा लिएर आउने बालबालिकाहरु कहाँ जाने भन्ने विषयमा अन्योलमा पर्ने गरेका छन् । बालकल्याण समितिले प्रति राहदानी लिए बापत ५० रुपैयाँका दरले बालबालिकाको हक हितको लागि लिने गरेको छ । जसबाट झण्डै ७ लाख ५० हजारको हाराहारिमा रकम जम्मा भएको छ । तर उक्त रकमबाट अझै पनि एक जना बालबालिकाले राहत पाउन सकेको छैन । जिल्ला बालकल्याण समितिले प्रनाउ गंगा पन्तको पहलमा जिल्लामा बन्न लागेको हिंसा पीडित महिला तथा बालबालिकाको लागि निर्माण हुदै गरेको सुरक्षित घरको लागि एक ख छ्ट्टाएको प्रमुख जिल्ला अधिकारी शम्भु मरासिनीले जानकारी दिए । उनले जिल्लामा बालबल्याण समितिको लागि छ्ट्टै कर्मचारीको व्यवस्था नभएका कारण महिला तथा बालकालिका कार्यालयबाट सेवा दिदै आइरहेको समेत बताए ।


महिला तथा बालबालिका कार्यालयले जिल्लामा हालसम्म कति अपाङगता भएका बालबालिकाले परिचयपत्र पाए भन्ने तथ्याङक नरहेको बताएको छ । कार्यालयकी प्रमुख सत्यदेवि अधिकारीले जिल्लामा अपाङ्गता भएका बालबालिकाले परिचयपत्र लिएता पनि कतिको संख्यामा लिए भन्ने बारेमा एकिन तथ्याङ्क नभएको तर्क गरिन् । उनले जिल्लामा रहेका सडक बालबालिकाको व्यवस्थापनको बारेमा आफुहरुसँग कुनै पनि कार्यक्रम नरहेको बताइन् ।
बालबालिकाको हकहितको लागि बालकल्याण समितिको रकम जम्मा गरेता पनि बालबालिकाको क्षेत्रको लागि प्रयोग नभएको भन्दै चर्कौ विरोध समेत हुदै आएको छ । कतिपयले त राहदानी मार्फत यसरी पैसा उठाएर राख्न नहुने समेत तर्क गर्छन । नेपालको जनगणना २०६८ अनुसार नेपालमा १६ वर्षसम्मका बालबालिकाको संख्या एक करोड पाँच लाख ४६ हजार ८ सय ६३ अर्थात् कुल जनसङ्खख्याको ३९ दशमलव ८ प्रतिशत रहेको छ ।


बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्रा्ष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ । तर बालदिवसले बालबालिकाको हकहितको लागि भन्दा पनि औपचारीकता मात्रै पुरा गरेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुवै हात गुमाएका प्यालेस्टिनी बालकको तस्बिर २०२५ को विश्व प्रेस फोटो अफ द इयर देशमा केही भएन भन्ने भ्रामक प्रचार बढी भयो : मन्त्री राणा रास्वपाको महाधिवेशन आगामी फागुनमा साउदी राजदूतलाई ब्ल्याकमेल गरेको आरोपमा बङ्गलादेशी मोडल पक्राउ जापानको व्यापार घाटा ३६ अर्ब ६० करोड डलर ढलको पाइप फुटेपछि काठमाडौँस्थित थापाथली करिडोर अस्तव्यस्त अस्ट्रेलियामा बेरोजगारी दर वृद्धि मौसम खराबीका कारण हवाई उडान प्रभावित राष्ट्रिय परीक्षा बोर्डले एसइईको कापी परीक्षण र १२ को परीक्षामा सहयोग गर्न आग्रह गरे लेदो सहितको पहिरोले अरनिको राजमार्ग अवरुद्ध दुई वटा मोटरसाइकल एकआपसमा ठोकिँदा एक जनाको मृत्यु र दुई जना घाइते राप्रपाले वैशाख ७ गते सरकारले निषेधित क्षेत्र घोषणा गरेका ठाउँमा प्रदर्शन गर्ने बिहीबार नेप्सेमा साढे २६ अंकको वृद्धि रास्वपा बैठक जारी माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताए संघीयता र संसदीय अभ्यासलाई केन्द्रमा राखेर सातै प्रदेशका उपसभामुखको सम्मेलन सुरु पार्टी बैठकमा शेरबहादुर देउवाले भने- सरकारको कार्यसम्पादनबारे प्रधानमन्त्रीसँग कुरा गर्छु आज मध्यमदेखि भारी वर्षा, सतर्कता अपनाउन महाशाखाको अनुरोध काठमाडौँ महानगरपालिकाले कवाड संकलन केन्द्रमा डोजर चलाए ७ तोला ९६ लाल सुनसहित स्याङजाका प्रदीप अर्याल पक्राउ