भदौ ३०, काठमाडौं | सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेसंगै मुलुकमा औपचारिक रूपमा संघीयता कार्यान्वयन सुरु भ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ३०, काठमाडौं | सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेसंगै मुलुकमा औपचारिक रूपमा संघीयता कार्यान्वयन सुरु भ"/>
२६ मंसिर २०८२, बिहीबार
काठमाडौँ - KTM

नेपालमा संघियताको कार्यान्वयन सुरु, सातै प्रदेशमा तोकियो उच्च अदालत

३० भाद्र २०७३, बिहीबार ०१:५३

भदौ ३०, काठमाडौं | सरकारले सातवटै प्रदेशमा उच्च अदालत गठन गरी त्यसको मुकाम तोकेसंगै मुलुकमा औपचारिक रूपमा संघीयता कार्यान्वयन सुरु भएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकले हालै संशोधित एवं एकीकृत न्याय प्रशासन, न्याय परिषद्, न्याय सेवा र सर्वोच्च अदालत ऐनबमोजिम ७ उच्च अदालत गठन गरी तिनका कार्यालय रहने मुकाम तोकेको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशन भएपछि न्याय परिषद् बैठकले उच्च अदालतमा मुख्य न्यायाधीश र न्यायाधीश तोक्नेछ । मुकाम तोकिएका सातै ठाउँमा असोज २ देखि उच्च अदालतको बोर्ड राखी काम सुरु हुनेछ ।

सरकारले १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा उच्च अदालत राख्ने निर्णय गरको रक्षामन्त्री बालकृष्ण खांड जानकारी दिएका छन् । यी सातै ठाउँमा यसअघि पुनरावेदन अदालत थिए । यसअघि पुनरावेदन अदालत रहेका बाँकी ९ ठाउँलाई भने सरकारले प्रदेश उच्च अदालत मातहतको इजलास तोकेको छ । तिनले उच्च अदालतको इजलासका रूपमा काम गर्नेछन् ।

मन्त्री खांडका अनुसार सातै प्रदेशसभाको चुनाव भएपछि प्रान्तीय संसद्ले तोक्ने राजधानीमा उच्च अदालत रहने गरी हाललाई अस्थायी मुकाममात्र तोकिएको हो । 

- कान्तिपुर दैनिक  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै