2026-09-22 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो विश्वकप: उपाधि जितेपछि सार्वजनिक बिदा, हारेपछि राजदूतावासमा तोडफोड

कात्तिक २९ काठमाडौँ | ‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी लाग्छ। मलाई त्यो जित्न नसकेको फाइनलको जीवनभर पछुतो भइरहेको छ’, आफ्नो सयौँ जन्मदिन मनाएपछि २०१० मा फिफालाई दिएको अन्तर्वार्तामा अर्जेन्टिनी खेलाडी फ्रान्सिस्को भारालोले निराशा व्यक्त गरेका थिए।

आफ्नो जन्म दिन मनाएको केही समयमा नै एकमात्र जीवित फाइनल खेलाडीका रूपमा रहेका भारालोको निधन भयो। उनले २०१० मा सम्झिएको १९३० को पहिलो विश्वकप फाइनल खेलेको पनि ९२ वर्ष पूरा भएको छ।

How many different countries have won the FIFA World Cup? ▷ SportsBrief.com

झण्डै एक शताब्दीअघिको फुटबल क्रेज पनि कम्ता थिएन। खराब मैदानका बीच करिब ९२ हजार दर्शकले फाइनल हेरेको बताइन्छ। उक्त समयमा १५ हजार बढी अर्जेन्टिनी समर्थकहरू लामो यात्रा गरेर उरुग्वे फाइनल हेर्न पुगेका थिए।

फाइनलमा आयोजक उरुग्वे ४-१ ले विजयी भयो। उरुग्वेको यो खुसी सार्वजानिक छुट्टीमा बदलियो। उसले विश्वकप जितेको भोलिपल्ट राष्ट्रिय उल्लास घोषणा गर्दै सार्वजनिक बिदा दियो।

हजारौँ संख्यामा समर्थक बाहिर निस्किएर खुसी साँटे। पहिलो विश्कप हारेको अर्जेन्टिनामा भने निरासा छायो। समर्थकहरूले उरुग्वेको राजदुतावासमा तोडफोड गरे, ढुंगामुड्डा प्रहार गरेर आफ्नो निराशा व्यक्त गरेका थिए।

उक्त विश्वकप आयोजनाको जिम्मा एक वर्षअघि नै उरुग्वेलाई दिइएको थियो। १९२९ मा बार्सिलोनामा भएको सम्मेलनले उरुग्वेलाई विश्वकप आयोजनाको जिम्मा दिएकाे थियाे।

उरुग्वेले युरोपियन टिमको दाबेदारी पन्छाउँदै विश्वकपको जिम्मेवारी हातमा लिएको थियो। उक्त विश्वकपमा केवल १३ टिमले मात्र सहभागिता जनाएका थिए।

१३ टिमलाई ४ समूहमा विभाजन गरियो। जहाँ एक ग्रुपमा ४ टिम र बाँकी तीन समूहमा ३-३ टिम गरेर प्रतियोगिता गरियो। समूहबाट विजेताले सिधै सेमिफाइनलमा स्थान बनाएका थिए।

विश्वकप फाइनलको उपाधि ४-२ ले उरुग्वेले हात पार्‍याे। करिब ८८ वर्षपछि २०१८ मा भएको विश्वकपको फाइनलको उपाधि पनि फ्रान्सले क्रोएसियालाई ४-२ ले हराएर जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिपुरेश्वर बस आगलागीबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित एमाले केन्द्रीय कमिटी बैठक स्थगित राष्ट्रसङ्घको महासभाअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल कालो धुवाँ फाल्ने गाडीको जरिवाना ५० हजार तोक्छु भन्नुभएको थियो, कार्यान्वयन खै? : सांसद तामाङ बाढीपीडितहरू बिचल्लीमा छन् : सांसद केसी सिंहदरबारका ‘फाइभस्टार’ होटल हटाउन सांसद सुनारको माग सरकारले आफै मापदण्ड बनाएर आफै लागू गर्न किन सकेको छैन ? : ज्ञानेन्द्र शाही एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल निषेध, बोल्न ३ मिनेट समय ओलीको प्रश्न– मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो जस्ता कुरा बोल्ने को न्यायाधीश हो ? नक्कली नोट देखाइ ठगी गर्न खोज्ने दुई जना पक्राउ एमालेको केन्द्रीय कमिटी बैठक सुरु त्रिपुरेश्वरमा एक यात्रुबसमा आगलागी रसुवागढीमा बाढीले बगाएको ठाउँमा सडक नबनाउने एमाले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय भोटेकोसी बाढी प्रभावितका लागि राहत कोषमा झण्डै १५ अर्ब रुपैयाँ जम्मा आज सेयर कारोबार नहुने भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,४५१ पुग्यो माथिल्लो त्रिशूली-१ मा ३९ जना मृत फेला, ४३९ जना अझै बेपत्ता सुनको मूल्य घट्यो, चाँदी बढ्यो