५ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो विश्वकप: उपाधि जितेपछि सार्वजनिक बिदा, हारेपछि राजदूतावासमा तोडफोड

२९ कार्तिक २०७९, मंगलवार ०८:५७

कात्तिक २९ काठमाडौँ | ‘त्यो निकै दूर्लभ क्षण थियो, हामी मैदानमा उत्रिँदै थियौँ। पहिलो फाइनलमा पुगेपछि उपाधि जित्ने लक्ष्य स्वाभाविक थियो। तर, घरेलु टिमविरुद्ध हामीले स्वाभाविक खेल खेल्न सकेनौँ, हामी फराकिलो अन्तरले पराजित भयौँ। हारेपछि रातभर रोएको थिँए। अहिले पनि त्यो फाइनल सम्झिँदा आफैँप्रति ग्लानी लाग्छ। मलाई त्यो जित्न नसकेको फाइनलको जीवनभर पछुतो भइरहेको छ’, आफ्नो सयौँ जन्मदिन मनाएपछि २०१० मा फिफालाई दिएको अन्तर्वार्तामा अर्जेन्टिनी खेलाडी फ्रान्सिस्को भारालोले निराशा व्यक्त गरेका थिए।

आफ्नो जन्म दिन मनाएको केही समयमा नै एकमात्र जीवित फाइनल खेलाडीका रूपमा रहेका भारालोको निधन भयो। उनले २०१० मा सम्झिएको १९३० को पहिलो विश्वकप फाइनल खेलेको पनि ९२ वर्ष पूरा भएको छ।

How many different countries have won the FIFA World Cup? ▷ SportsBrief.com

झण्डै एक शताब्दीअघिको फुटबल क्रेज पनि कम्ता थिएन। खराब मैदानका बीच करिब ९२ हजार दर्शकले फाइनल हेरेको बताइन्छ। उक्त समयमा १५ हजार बढी अर्जेन्टिनी समर्थकहरू लामो यात्रा गरेर उरुग्वे फाइनल हेर्न पुगेका थिए।

फाइनलमा आयोजक उरुग्वे ४-१ ले विजयी भयो। उरुग्वेको यो खुसी सार्वजानिक छुट्टीमा बदलियो। उसले विश्वकप जितेको भोलिपल्ट राष्ट्रिय उल्लास घोषणा गर्दै सार्वजनिक बिदा दियो।

हजारौँ संख्यामा समर्थक बाहिर निस्किएर खुसी साँटे। पहिलो विश्कप हारेको अर्जेन्टिनामा भने निरासा छायो। समर्थकहरूले उरुग्वेको राजदुतावासमा तोडफोड गरे, ढुंगामुड्डा प्रहार गरेर आफ्नो निराशा व्यक्त गरेका थिए।

उक्त विश्वकप आयोजनाको जिम्मा एक वर्षअघि नै उरुग्वेलाई दिइएको थियो। १९२९ मा बार्सिलोनामा भएको सम्मेलनले उरुग्वेलाई विश्वकप आयोजनाको जिम्मा दिएकाे थियाे।

उरुग्वेले युरोपियन टिमको दाबेदारी पन्छाउँदै विश्वकपको जिम्मेवारी हातमा लिएको थियो। उक्त विश्वकपमा केवल १३ टिमले मात्र सहभागिता जनाएका थिए।

१३ टिमलाई ४ समूहमा विभाजन गरियो। जहाँ एक ग्रुपमा ४ टिम र बाँकी तीन समूहमा ३-३ टिम गरेर प्रतियोगिता गरियो। समूहबाट विजेताले सिधै सेमिफाइनलमा स्थान बनाएका थिए।

विश्वकप फाइनलको उपाधि ४-२ ले उरुग्वेले हात पार्‍याे। करिब ८८ वर्षपछि २०१८ मा भएको विश्वकपको फाइनलको उपाधि पनि फ्रान्सले क्रोएसियालाई ४-२ ले हराएर जितेको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति आजको मौसम : सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह