२१ पुष २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाँचथर - PCT

वन संरक्षणको अभावः वन्यजन्तु र वातावरणमा प्रभाव

१७ मंसिर २०७९, शनिबार १४:०८

कमल घिमिरे । मंसिर १६ । पाँचथर, वातावण र वन्यजन्तु संरक्षण गर्नको लागी समुदाय स्तरबाटै प्रयास गर्नुपर्ने आवश्यक छ । पाँचथरका केही स्थानमा वन जंगल फडानी गरेर वन अतिक्रमण गरिरहेका छन् । अतिक्रमण गरेको जग्गालाई खरिद विक्रि गर्दै निजि, गैर सरकारी र सरकारी घरहरु बनेका छन् । हिलिहाङ गाउँपालिकाको जोरपोखरी बजार क्षेत्र, चतुरे बजार क्षेत्र स्थित राजमार्गका दाँयाँ बाँया वन अतिक्रमण गरी होटल , व्यवसाय गर्दै आएका छन् । सरकारी वन फडानी गरेर जिल्लाका धेरै स्थानमा बजार विस्तार भएका छन् । तुम्वेवा गाउँपालिकाको मौवामा सामुदायीक वनको ५ रोपनी, फिदिम नगरपालिका स्थित नागेम्बा सामुदायीक वन क्षेत्रको १० रोपनी, मिक्लाजुङ गाउँपालिकाको फुङसिङ सामुदायीक वनको २ रोपनी जग्गा अतिक्रमणमा परेका छन् । यसरी स्थानीयले वन अतिक्रमण गर्दै वजार विस्तार गर्नाले वातावरण र वन्यजन्तुमा असर परिरहेको छ । 

वन अतिक्रमणले वन्यजन्तुमा प्रभाव

 डिभिजन वन कार्यालय पाँचथरको तथ्याङ्क अनुसार पँचथरको कुल वनको क्षेत्रफल ७१ हजार ७ सय ७४ हेक्टर छ । यो ५७.७३ प्रतिशत हो । वन क्षेत्र नै वन्यजन्तुको प्रमुख वास स्थान हो । जनसंख्या वृद्धीको कारण मानवीय वस्ती, सडक निर्माण, कलकारखाना निर्माण जस्ता मानवीय क्रियाकलापले वन क्षेत्र माथी निकै चाप परेको छ । वातावरणविद धिरेन्द्र बहादुर चन्द भन्छन् “पारिस्थितिक प्रणालीमा आएको परिवर्तनका कारण प्राकृतिक रूपमै वन्यजन्तुको विनाश र उत्पति निरन्तर भैरहन्छ । वन्यजन्तु विनाशको प्राकृतिक प्रवृत्तिलाई मानवीय क्रियाकलापले तीव्रता ल्याउने गर्दछ यसलाई वन्यजन्तुको कृत्रिम कारण भन्न सकिन्छ । अहिले नेपालमा यी विविध कारणले वन्यजन्तु विनाश हुँदै गई रहेका छन” । वन्यजन्तुको विनाश रोक्नका लागी जनचेतना अभिवृद्धि, कानुनी व्यवस्था विभिन्न ठाउँमा संरक्षित क्षेत्रको विकास र प्रजाती संरक्षणसम्बन्धी अध्ययन गर्दा वन्यजन्तुलाई व्यवस्थापन गर्न सकिन्छ । त्यसैले वन्यजन्तुको अस्तित्व जोगाउनु सबै संरक्षणकर्मीहरुले हातेमालो गर्न जरुरी देखिन्छ ।

 वन अतिक्रमण गरी वजार विस्तार हुँदा वन्यजन्तु तथा वातावरणमा गहिरो प्रभाव पर्ने देखिन्छ । सरकारी वन अतिक्रमण रोक्न कुनै पनी पनी निकाय जिल्लामा तल्लिन छैन । पाँचथर जिल्ला दुर्लभ वन्यजन्तु पाउने जिल्ला हो । दुर्लभ रेड पाण्डा(हाब्रे),कस्तुरी मृग, सालक, भालु, बाघ, चितुवा, लगायतको वन्यजन्तुको बासस्थानमा प्रभाव परिरहेको छ । वन्यजन्तुको आहार वन मै पाइने भएकोले वन फडानीले आहार मा प्रत्यक्ष असर परेको छ । वन्यजन्तुको संरक्षणको सट्टा विनास हुँदै जाने देखिन्छ ।

 सदरमुकाम फिदिम बजारमा मात्रै १०० वटा भन्दा बढी घरहरु निर्माण हुँदै छन् । निर्माणाधिन घरमा वनले निकासीमा रोक लगाएको काठहरु प्रयोग हुने गरेको छ । अझ सरकारले रोक लगाएको सखुवाको काठ सरकारी भवनमा अनिवार्य प्रयोग गर्नुपर्ने प्रावधान छ । दिनहुँ काठहरु भित्रिदा  सुचनाका आधारमा केही पक्राउ परे पनी धेरै मात्रामा तस्कर गरी आएका काठले वन विनास बढिरहेको छ । यस बाहेक अत्याधिक रुपमा खनिएका सडकले पनी वन विनास हुँदै गएको  छ । पहाडी क्ष्ोत्रमा जथाभावी खनिएको सडकले वर्षेनी पहिरो गइ लाखाँैको क्षती हुँदै आएको छ । वन फडानी, पहिरो तथा वजार विस्तारले गर्दा वन्यजन्तुको वासस्थान र संरक्षणमा ठुलो पर्नुका साथै मानवीय क्षती बेहोर्नु पर्ने हुन सक्छ । 

गोलियाले वन विनास हुँदैन : वन पैदावार व्यवसायी संघ

गोलियाको लागी दिनहुँ रुपमा रुख कटानी भइरहँदा पनी वन विनास नहुने वन पैदावार व्यवसायी सँघ पाँचथरको भनाइ छ । गोलियाको लागी काटिने नरम काठहरु उतिस, मलतो जस्ता रुख कृषी बाली जस्तै भएकोले मानिसले नै कृषी बालीकै रुपमा उतिस , मलतो रोप्ने गरेका छन् । संघका व्यवस्थापक बेनु प्रसाद तिम्सिनाका अनुसार जिल्लाको रानिटार, रवि, लुङरुपा, पौवा सारताप, आङसाराङ, ओयाम, च्याङथापु, एकतिन, मेमेङ लगायतका क्षेत्रमा उतिस मलतो लगाउन थालेका छन् । धेरैजसो युवाहरु वैदेशिक रोजगारमा गएको हुँदा स्थानियहरु कृषि बालिको सट्टा उतिस मलतो लाउन थालेका छन् । एक पटक लगाएपछी मेहेनत गर्नु नपर्ने र आम्दानी पनी राम्रै दिने हु्नाले गोलिया तिर आकर्षण भएको व्यवस्थापक तिम्सिनको भनाई छ । पाँचथर जिल्ला बाट मात्रै वर्षमा १२ लाख सेफ्टी गोलिया निकासी हुँदै आएकोले धेरैले यस क्षेत्रमा रोजगारी पाएको तिम्सिना बताउँछन । संघले गत आर्थिक वर्षमा मात्रै पाउने ८ करोड सरकारलाई कर तिरेको छ । सरकारले २८ वटा प्रजातिलाई कृषी बाली सो सरह मान्यता दिएकोले गोलिया कटानी बाट वन तथा वन्य जन्तुको विनास नहुने तिम्सिनाको दावी छ । 

वन भन्नाले रूख, झाडी मात्र होइन, असंख्य प्राणीको आश्रय स्थल पनि हो । त्यहाँ कैयौँ प्राणीले आफ्नो वासस्थान बनाएका हुन्छन् । जसलाई सुरक्षित गरी हामीले भावी पुस्तालाई सुम्पिन सक्नुपर्छ । वन विनाशले पानीको चक्रमा बाधा र्पुयाउँछ, माटोको क्षय निम्त्याउँछ, थप बाढी निम्तिन्छ र दसौँ लाख मानिसको दैनिकी प्रभावित हुन्छ  । त्यसमाथि नेपाल त पर्यटन व्यवसायको सम्भावना भएको देश हो । हाम्रो पर्यटनको आकर्षण भनेकै यस्तै वनजंगल, त्यहाँका जीवजन्तु र चराचुरुंगी हुन ।  अहिले पनि अधिकांश पर्यटक जंगल सफारी र पहाडी तथा उच्च हिमाली क्षेत्रमा पैदल यात्राको सोखले नेपाल आउने गर्छन्। । यस्तो महत्वपूर्ण सम्पत्ति जोगाउन हामीले कुनै कसर बाँकी राख्नु हुँदैन । वनसम्पदाले आवश्यक स्वास्थ्य पदार्थ तथा बासस्थानको व्यवस्था गरी जंगली जनावरहरूको संरक्षण गर्छ । जसले गर्दा वन्य जन्तुहरूको संख्यामा क्रमशः वृद्धि हुँदै जान्छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एलिट कप: मधेस १०२ रनमै समेटियो, सन्दीपले लिए ५ विकेट स्थानीय समूहको धम्कीपछि वायुसेवा सञ्चालकले खुम्बु क्षेत्रमा गरे उडान स्थगन के छ ओलीको ४७ पृष्ठको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ) एलिट कप: पुलिसविरुद्ध आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट पर्वतको पीपलटारीमा ग्याँसको रेगुलेटर लिक हुँदा १ जनाको मृत्यु, २ घाइते मनाङेको मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक, दुई वर्ष चार महिना कैद बस्नुपर्ने(पूर्णपाठ) युट्युबर मनोज मानव फेरि पक्राउ ‘पूर्ण बहादुरको सारंगी’को सफलतापछि निर्देशक पौडेलले घोषणा गरे नयाँ फिल्म भारतमा हेलिकप्टर दुर्घटना, कम्तीमा ३ जनाको मृत्यु के हो चीनमा देखिएको ‘एचएमपिभी’ भाइरस, कति खतरनाक, कसरी बच्ने? छोराको हत्या आरोपमा ७९ वर्षीय बाबु पक्राउ मोरङ कारागारमा सजाय काटिरहेका कैदीको मृत्यु एक हप्ताअघि घरबाट भागेका १७ वर्षीय युवायुवती जङ्गलमा मृत फेला रास्वपाले गठन गर्‍यो संविधान परिमार्जन सुझाव कार्यदल नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइत पुरस्कृत जय ट्रफी : दुबै खेल जारी, पुलिस र मधेसको राम्रो सुरुवात माओवादी स्थायी समिति बैठक सकियो, के के एजेन्डा तय भए? सर्वेन्द्र खनालप्रति गोकुल बास्कोटाको कटाक्ष :आफ्नो स्वार्थका लागि आएकाहरू लाभ लिएर गए काठमाडौँको होटेलमा युवती मृत घटना : फरार युवक पनि झुन्डिएको अवस्थामा फेला आज आइतबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ करोबार?