2026-10-23 11:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिचित्र संसार

बिहान सबेरै भाले बासेर ‘डिस्टर्ब’ गरेपछि छिमेकी विरुद्ध प्रहरीमा उजुरी

मङ्सिर २३, काठमाडौँ । बिहान सबेरै कुखुराको भाले जब बास्न थाल्छ तब उठ्ने समय हुन्छ । तर सबैलाई कुखुरी काँ……को आवाजसँगै उठ्ने मौका मिल्दैन । कतिपयलाई कुखुराको आवाज नै मन नपर्न पनि सक्छ ।

छिमेकी मुलुक भारतमा कुखुराकै कारण प्रहरीमा उजुरी नै परेको छ । मध्यप्रदेशमा एक जना व्यक्तिले छिमेकीको कुखुरा जोडदार रुपमा बास्दा होहल्ला भएर आफूलाई दिक्क भएको भन्दै प्रहरीलाई गुहारेका छन् ।

पेसाले चिकित्सक रहेका ती व्यक्ति छिमेकीको कुखुराको आवाजले निकै बेखुसी थिए । त्यसैले उनले छिमेकीको कुखुराको आवाज बन्द गराउन माग गर्दै प्रहरीमा निवेदन दिएका छन् । अनौठो निवेदन प्राप्त भएपछि प्रहरीले दुवै पक्षसँग छलफल गरेर समस्या सुल्झाउने बताएको छ । यदि त्यसो गर्दा पनि समस्या समाधान नभएमा कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।

स्थानीय पलासिया प्रहरी चौकी प्रमुखका अनुसार छिमेकीको कुखुरा विरुद्ध उजुरी दिने चिकित्सकको नाम आलोक मोदी हो । उनी पलासिया क्षेत्रको ग्रेटर कैलाश अस्पताल नजिकै बस्छन् । उनको निवेदन अनुसार छिमेकी एक महिलाले घरमा धेरै कुखुरा पालेकी छन् । हरेक बिहान उनको घरका कुखुराहरु चर्को आवाजमा चिच्याउने र त्यो आवाजले आफूलाई धेरै नै बाधा पारेको उनको जिकिर छ ।

कामको व्यस्तताले रात अबेर घर आउने र बिहान निद्रामै रहेको बेला कुखुराको चर्को आवाजले समस्यामा पार्ने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने