2026-06-16 04:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सामाखुसीमा लागेको आगलागी नियन्त्रणमा

पुस २३, काठमाडौँ | काठमाडौँको सामाखुसी चोकस्थित आकाश जोगिनी पेट्रोलपम्प नजिक लागेको आगलागी नियन्त्रणमा आएको छ ।

टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा शुक्रबार राति आगलागी भएको हो । राति ८ बजे लागेको आगलागी ९ बजे पूर्णरुपमा नियन्त्रणमा आएकोे जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।

आगलागी नियन्त्रणमा लिन काठमाडौँ महानगरपालिकाबाट एक, बालाजु औद्योगिक क्षेत्रबाट एक, बूढानीलकण्ठ नगरपालिकाको एक र प्रहरी वाटर क्यानन एक गरी चारवटा दमकल र पाँचवटा पानीको ट्याङ्कर प्रयोग गरिएको थियो ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको एक सय ७५ जनाको टोली घटनास्थलमा खटाइएको थियो । एउटा टहरोको पसलबाट सुरु भएको आगलागी चारै दिशामा फैलिएको थियो । आगलागीको क्षति भने आउन बाँकी रहेको प्रवक्ता मैनालीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई